माईभ्याली गोल्डकपः त्रिभुवन आर्मी सेमीफाइनल प्रवेश

माईभ्याली गोल्डकपः त्रिभुवन आर्मी सेमीफाइनल  प्रवेश

त्रिभुवन आर्मी क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडीखेलमा आइतबार भएको खेलमा संकटा क्लब काठमाण्डौलाई २ एकले हराउदै अघिल्लो चरणको यात्रा निश्चित गरेको हो । आर्र्मी तर्फबाट सुदिल राईले दुई गोल गरी गरे । उनले खेलको ७ औ मिनेट र दोस्रो हाफको ३७ औ मिनेटमा गोल गरी टीमलाई जीत दिलाए ।


संकटाका विदेशी खेलाडी डेडि वाम्बाले खेलको ४१ औ मिनेटमा सान्तवना एक गोल फर्काए ।
खेलको म्यान अफ दी म्याच आर्मीका सुदिल राई बने । उनले नगद १० हजार प्राप्त गरे । सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा गोर्खा व्वाइज रुपन्देही र मच्छिन्द« क्वब काठमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ ।