मदन भण्डारीको जन्म जयन्तीकाे अवसरमा इलाममा रक्तदान र बृक्षारोपण

Share This
  •  
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares
मदन भण्डारीको जन्म जयन्तीकाे अवसरमा इलाममा रक्तदान र बृक्षारोपण

इलाम , असार १४

६९औं मदन भण्डारी जन्म जयन्तीकाे अवसरमा इलाममा रक्तदान र बृक्षारोपण सम्पन्न भएको छ । मदन भण्डारी फाउन्डेसन इलाम र मदन भन्डारी स्पोर्ट्स एकाडेमी इलामको संयुक्त आयोजनामा इलाम अस्पतालमा आइतबार रक्तदान कार्यक्रम भएको छ ।

आज १९ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम भोलि विहान र बेलुका चल्ने सुशान्त चापागाईंले बताउनु भयो । अस्पतालमा भएकाे कार्यक्रममा मदन भन्डारी फाउन्डेसन इलामका अध्यक्ष एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बराल, फाउन्डेसनकै सचिव केशब धौराली, स्पोर्ट्स एकाडेमीका अध्यक्ष मिलन खत्री, नेकपा नेता भक्त केसि लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच जयन्तीको अवसरमा अनेरास्ववियू इलामले इलाम नगरपालिका सहित विभिन्न पालिकामा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम गरेको छ । इलाम नगरपालिकाको आदर्श मावी र अमर मावीमा अनेरास्ववियू केन्द्रिय सदस्य रवीन्द्र सुवेदी सहितको टोलिले विध्यालय परिसरमा वृक्षरोपण गरेकाे हाे । देउमाइ नगरपालिकामा भानुभक्त बिधायल र माइ नगरपालिकामा सुखानी पार्क सरसफाइ सहित वृक्षारोपण गरिएकाे जनाइएको छ ।