logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • कोरोना कहर : संक्रमितका घर घरमा मेची आयुर्वेद

    कोरोना कहर : संक्रमितका घर घरमा मेची आयुर्वेद


    इलाम : जिल्लामा पाँच जनाको मृत्यु भएपछि इलामको मेची अञ्चल आयुर्वेद औषधालयले इलामका कोरोना संक्रमण भएर आइसोलेसन बसेकाहरुलाई उनीहरु बसेकै स्थानमा पुगेर औषधी र परामर्श सेवा प्रदान गर्न शुरु गरेको छ ।
    कोभिड महामारी नियन्त्रणका लागि घर घरमा मेची आयुर्वेद नामको कार्यक्रम मार्फत संक्रमितको घरघरमा पुगेर सेवा दिन शुरु गरेको कार्यक्रम व्यवस्थापक तथा सूचना अधिकारी तिर्थराज आचार्यले जानकारी दिए । अभियानमा आयुर्वेद डाक्टरहरु सहितको तीनवटा टोली सहभागि छ । उनीहरुले संक्रमणका समयमा गरिने योगाहरुको बारेमा प्रशिक्षण समेत दिने गरेका छन् । साथमा उनीहरुले रोग प्रतिरोधात्मक क्षमता भएका औषधी समेत वितरण गर्ने गरेको आचार्यले बताए :
    अभियानमा नेपाल सरकारद्धारा जारी आयुर्वेद प्रोटोकल अनुसारको उपचार र परामर्श प्रदान गर्ने अस्पतालका आयुर्वेद चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिए ।



    Avatar निगरानी    
  • २०७८ बैशाख २८, मंगलवार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP