logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • जनहितमा नयाँ नेतृत्व

    जनहितमा नयाँ नेतृत्व

    फिक्कलः स्थानीय उत्पादनको प्रशोधन र बजारीकरणमा एक दशक देखि कृयाशील इलामको सूर्योदय नगरपालिका ११ माघेको जनहित कृषि सहकारीको आइतबार सम्पन्न ११ बार्षिक साधारण सभाले गोपाल भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
    सभाले उपाध्यक्षमा कमल खतिवडा र सदस्यहरुमा अर्जुन निरौला, खेमराज भट्टराई, ओमकुमारी पोख्रेल, लिला भट्टराई, विमला खतिवडा लगायतलाई सञ्चालक समितिमा चयन गरेको छ । सभाले दाताराम आचार्यको नेतृत्वमा लेखा समिति र गोविन्द खतिवडाको नेतृत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ ।
    सभाले १ करोड ४० लाखको गत बर्षको आयव्यय, बार्षिक प्रगति प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम समेत पारित गरेको व्यवस्थापक ठाकुर खतिवडाले जानकारी दिए । सो अवसरमा सस्थाका कर्मचारी गणेश प्रधान, लिला देवि भट्टराई र विद्या तिम्सीनालाई उत्कृष्ट काम गरेवापत पुरस्कृत गरिएको छ ।
    गोपाल भट्टराईको अध्यक्षतामा भएको सभाले संस्थाले उत्पादन गर्ने दुग्ध परिकारको गुणस्तर वृद्धिका लागि ठोस योजना निर्माण गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए । सहकारीले दुध, चिया र मसला उद्योग सञ्चालन गरिरहेको छ ।



    निगरानी    
  • २०७६ पुष २७, आईतवार १६:१२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP