फिक्कल । चिया, अलैची, अदुवा, दुध लगायतका नगदे बालीको व्यवसायीक खेती हुने गरेको इलामका कृषकले १ नम्बर प्रदेशका कृषिमन्त्री झलकसिंह मगरले तीन घण्टा सम्म आफ्ना गुनासा सुनाए । मन्त्री मंगरले पनि पुरै चासोका साथ कुरा सुनिरहे ।
किसान र कतिपय कृषि उद्यमीहरुको सहभागिता रहेको कार्यक्रममा चियाको बजार, मलखाद अभाव, मासिदै गएको अलैची खेती देखि अदुवा, दुध र अकबरेका समस्याका बारेमा समेत कृषकले गुनासो पोखेका थिए ।
इलामको सूर्योदय नगरपालिका–८ शान्तिचोकमा आयोजित किसानसंग कृषिमन्त्री कार्यक्रमका सहभागीहरुले कृषि क्षेत्रको विकास र विस्तारका लागि नीतिगत र कानुनी अड्चनमा समेत सुधार गर्न सुझाव दिएका थिए ।
प्रसवि मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा मन्त्री मगरले चिया क्षेत्रमा देखिएको समस्याहरु गम्भिर भएकाले संघीय सरकारले भारत र अन्य तेश्रो मुलुकसंग कुटनीतिक छलफल गरेर समाधानका लागि लाग्नुपर्ने बताए ।
प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले लाइभस्टक, पशुपंक्षी र मौरीपालनले अर्गानिक क्षेत्र तर्फ जाने मुल श्रोत हुने बताए । चिया अलैची अनुसन्धन केन्द्रका लागि इलामको साखेजुङ कार्यालय स्थापना गरिएको बताउँदै शर्माले जग्गा प्राप्ती र इन्जिनियरीङको कार्य अघि बढेकाले चियाको क्लोन विकास र अलैची क्षेत्रको पुनरुत्थान गर्न सकिने बताए । कृषि उत्पादनमा गुणस्तरियता कायम गर्दै विश्वनियता बढाउनुपर्ने बताए । दुग्द्यजन्य उद्योगहरु स्थापना गरेर आयात प्रतिस्पथापनमा अघि बढे आर्थिक उपार्जनमा समेत सहज हुनेमा उनले जोड दिए ।
सूर्योदय नगर उपप्रमुख दुर्गा बरालले चिया क्षेत्रको समस्या समाधानका लागि नगर गम्भिर रहेको बताए । रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोलेले अनुदानको कार्यलाई बन्द गरेर किसानहरुलाई सहुलितय ब्याजमा लगानी गर्दा कृषि क्षेत्रले समृद्धि हासिल गर्ने बताए ।
निर्वतमान प्रदेश सांसद काजीमान कागतेले कृषिमा प्रदेशले धेरै फड्को मारेको बताउँदै कागतले व्यवस्थापन गर्न जरुरी देखिएको बताए । प्रदेशमा चियाको बोर्ड आवश्यक रहेको बताउँदै कागतेले कफिको समेत विस्तार आयोजना हुनुपर्नेमा जोड दिए ।
कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कृषि र पशुजन्य उत्पादन गुणस्तरियतामा माथी उठेको प्रश्न बारेमा स्वकार गर्नुपर्ने बताए । कृषि मन्त्रालय उत्पादन गुणस्तरियतामा केन्द्रित रहँदै स्वदेशी उपभोक्तालाई लक्षित गरेर सर्व प्रथम लाग्नुपर्ने बताए । संस्थागत रुपमा कृषि र पशु क्षेत्रमा चाहिने प्रविधि उपकरण र सेवाको सन्र्दभका प्रदेश सरकारले सदैव सहयोग गर्ने उनले बताए । कृषि क्षेत्रमा नीजि क्षेत्र समेत फस्टाउन नसकेको बताउँदै तिम्सिनाले आयात गरेर विक्रीमा नीजि क्षेत्रले फाइदा लिएपनि किसानको उत्पादनमा सकारात्मक प्रभाव नदेखिएको बताए ।
प्रदेश कृषि निर्देशनालयका निर्देशक प्रकाश डाँगीले प्रदेश सरकारमा जनशक्ति कमी नहूँदा प्रेस्टिसाइड जाच्ने प्राविधिक अभाव भएको बताए । प्रदेशमा विषादी नियमावली समेत बनाउन नसक्दा समस्या देखिएको बताए । उनले कन्याम चिया बगान क्षेत्रको गोदाममा प्रतिबन्धित भनिएको बिषादी नभेटिएको बताए । अलैचीका व्यवस्थापन नभएकाले समस्या भएको बताए । व्यपारीहरुले कम मुल्यमा खरिद गरेर अन्तराष्ट्रिय बजारमा मुल्य घटवढ भएको भन्ने बारेमा सोच विचार गर्नुपर्ने बताए । प्रदेशबाट आवश्यक प्राविधिक सेवा र अन्य सेवा सम्बन्धित सुझावबाट अघि बढ्ने बताए ।
पशुपन्छी तथा मत्स्य शाखा निर्देशक डा पशुपति ढुंगानाले आयात निर्यातमा नियन्त्रण सम्बन्धी भारतको चिज बन्द गरिएको भएपनि अहिले छापछाप्ती पाइने गरेको बताए । यस बारेमा गम्भिर भएको बताए । डगच्युको नाम गएको उत्पादन रोकिएको खण्डमा व्यवस्थापन चुनौती रहेको बताए ।
यस बारेमा दुग्द्य व्यसायीहरु एकजुट भएर विविधिकरणमा लाग्नुपर्ने बताए । खोरेत रोग उन्मुलन सहज नभएको बताउँदै तीन तहको सरकारको समन्वयमा खोप लगाउने र नियम कानुन पालना गराउने कार्य हुनुपर्ने बताए । देशरभर एकै पटक खोरत उन्मुलन सम्भव नभएकोले निश्चित क्षेत्र तोकेर काम अघि बढाउने तयारी भएको उनले बताए ।
कृषि मन्त्रालय योजना महाशाखा प्रमुख पशुपति पोखरेल गुणस्तर सुधार गर्ने बारेमा प्रदेश सरकार कान्छो सरकार भएकाले थोरै जनशक्ती भएकाले चिया अलैची क्षेत्रमा विज्ञहरुको अभावका कारण चुनौती देखिएको बताए । हरेक पालिकामा कृषि र पशु विज्ञहरु राख्नका लागि निजामती ऐन नभएकाले समस्या देखिएको बताए । स्वास्थ्य उत्पादन गर्न सके विश्वकै जुनसुकै ल्याबमा समेत सफल हुने बताए ।
अलैची विकास केन्द्रकी बागवान अधिकृत अनुपा सुवेदीले मुल्यमा भारतीय नियन्त्रणमा रहेकाले समस्या रहेको बताइन् । उनले गत बर्षको तुलनामा यस बर्ष अलैचीका उत्पादन बढको बताइन् ।
केन्द्रिय चिया सहकारी संघका केन्द्रिय सदस्य कृष्ण सुवेदीले केही समय अघि भएको कृषि सम्बन्धी कार्यक्रमको राखिएको बुदागत कार्यपत्रको बारेमा भएको प्रगतीको बारेमा जिज्ञासा राखेका थिए । उनले छलफलका क्रममा आएको बिषय कार्यान्वयन भए आशावादी रहेको बताए ।
चिया उद्योगी महेश अर्यालले किसानहरुलाई सहुलियत दरमा ऋण र अनुदान हुनुपर्ने बताए । उनले स्थानीय सरकार जस्तै संघ र प्रदेशको सरकार दिगो हुनुपर्ने बताए । अर्यालले चिया नै कृषिमा नरहेको गुनासो राख्दै मलखादमा चिया क्षेत्रलाई विभेद गरिएको बताए ।
फुल व्यवसायी लासाङ तामाङले विदेशबाट लाखौ रुपैया फुल आयात भएको बताउँदै प्रदेश कृषि मन्त्रालय र कृषि ज्ञान केन्द्रबाट अनुदानको पाटोमा विभेद भएको बताइन् । उनले फुल व्यवसायमा सरकारले अनुदान दिन नसकेको बताइन् ।
नेकपा एकिकृत समाजावादीका अध्यक्ष कमल गदालले पशुपतिनगरमा रहेको चिज उद्योग संचालनमा नहुँदा राज्यले कर्मचारी पाल्नु भन्दा अन्य क्षेत्रमा समायोजना गरिनुपर्ने बताए । गदालले चिज उद्योगको संरचनालाई अन्य प्रयोजनमा लगाउन समेत सुझाव दिए । कार्यक्रममा किसान सुरेश भट्टराईले अदुवामा विषादीको प्रयोगले गुणस्तर र उत्पादनमा समेत ह्रास आएको बताए । उनले अदुवाको मुल्य नहूँदा किसानहरुको उत्पादनले लाभ दिन नसकेको गुनासो राखे ।
अलैची व्यवसायी महासंघको केन्द्रिय सदस्य कुसुम दाहालले ट्रेडमार्क नहुँदा नेपालको अलैची अन्तरराष्ट्रिय बजारमा समस्यामा परेको बताइन् । अलैची क्षेत्र रोगले सखाप भएकाले सरकारले यस बारेमा गम्भिर हुनुपर्ने बताइन् ।
होमस्टे व्यवसायी महासंघको उपाध्यक्ष लिला भट्टराईले कृषि र पर्यटनलाई संगै लिएर जान सके आर्थिक उपार्जनमा समेत सहज हुने बताइन् । सुन्दरपानी चिया सहकारीका व्यवस्थापकले पटक पटक कृषि क्षेत्रमा समस्या र समाधानका बारेमा पटक पटक सुझावहरु दिएपनि कार्यान्वयन फितलो भएको बताए । उनले अर्गानिकरणका लागि सरकारले जोड दिनुपर्ने बताए ।
अग्रज चिया किसान मान बहादुर लाप्चाले चिया क्षेत्रलाई अर्गानिकरण गर्नुपर्ने माग उठेपनि विकल्प नभएको बताए । उनले चियाका आधा उमेर बिताएपनि हालसम्म चियामा रसायनिक मलखादको विकल्प नदेखिएको बताए ।
नेकपा एमाले सूर्योदयकी अध्यक्ष एवम निवर्तमान नगर उपप्रमुख दुर्गादेवी भट्टराईले हरेक वडामा कृषि प्राविधिक हुनुपर्ने बताइन् । उनले कन्याम चिया बगान आसपासमा बिषादीको प्रयोगले क्यान्सरको जोखिम देखिएकोमा चिन्ता व्यक्त गरिन् । भट्टराईले बिषादीको विकल्पमा प्रांगारिक मलखादको व्यवस्थापन गर्न आग्रह गरिन् ।
सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले नेपाल भारत नाका सहज बनाए नेपालको कृषि उपज निर्यातमा सरकारी पहल हुनुपर्ने बताए । राईले नेपालमा उत्पादन भएका कृषि उपजहरु भारत निर्यात भइरहेपनि नाका बैधानिक नहुँदा समस्या देखिएको बताए । आयात निर्यातका बारेका तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
चिया किसान माधव निरौलाले चिया तथा कफि विकास बोर्डलाई छुट्याउनुपर्ने बताए । उनले पुर्वका चिया खेती र पश्चिममा कफि खेतीको सम्भावना उच्च भएकाले अलग अलग बोर्डको आवश्यकता पर्ने बताए । चिया किसान एवम संचारकर्मी जयकुमार राईले अर्गानिक किसानहरुलाई छुट्टै अनुदान र प्रर्वद्धनको कार्यक्रम ल्याउनुपर्ने बताए । राईले किसानहरुले उपयोग गरिरहेको जग्गा मुल बाटोबाट टाढा पर्ने भएकाले ऋण लिन असहज भएको बताए । उनले जग्गाहरु मुल्यहिन हुने भएकाले ऋण लिनका लागि किसानहरुलाई सकस भएको बताए ।
दुध किसान सञ्जिव प्रधानले सडक सञ्जाल नहुँदा ग्रामिण क्षेत्रमा उत्पादन भएको दुधले मुल्य नपाएको गुनासो राखे । तीनै तहका सरकारले कृषि सडकमा लगानी गरिदिए समाल्बुङ जस्तो क्षेत्रको दुधले समेत उच्च मुल्य पाउन सक्ने बताए ।पशुपालक किसान सुवा चौरासेले सरकारले पशु क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरे । उनले आर्थिक उपार्जनको माध्यम पशुपालन सरकारको उच्च प्राथमिकतामा रहनुपर्ने बताए ।
चिया किसान कमल खड्काले सरकारले अर्गानिक गर्ने नीति लिएपनि सहयोग नगरेको बताए । उनले अर्गानिक प्रमाणिकरणका लागि लाखौ रुपैया लाग्ने भएकाले किसान स्तरबाट सम्भव नभएकाले सरकारले सहयोग गर्नुपर्ने बताए ।
चिया किसान अविनन्द गिरीले चियामा जथाभावी विषादीको प्रयोगले गुणस्तर खस्किएको बताए । उनले चिया तथा कफि विकास बोर्डले चिया क्षेत्रमा पर्याप्त सहयोग गर्न नसकेको बताए । गिरीले चिया टिपाई देखि बजारसम्म पु¥याउन सहयोग गर्न आवश्यक देखिएको बताए ।
प्रतिक्रिया