भारत सँग सीमा जोडिएको पुर्वी नाका झापाको काकरभिट्टास्थित मेची भन्सार बन्द भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेपछि पूर्वी नाकाबाट आयात निर्यात पुर्णरुपमा ठप्प भएको छ ।
बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै कारोवार रोक्न निर्देशन दिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले बताउनु भयो ।
अनिश्चित कालका लागि भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात पुर्णरुपमा ठप्प भएकोे छ ।यस अघि लकडाउनको समयमा पनि सो नाकाबाट ग्यासको बुलेट, तरकारी, फलफूल बोक्ने कन्टेनर भित्रिने गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया