logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • चिया च्यालेञ्जका विजेतालाई प्रमाण पत्र वितरण

    चिया च्यालेञ्जका विजेतालाई प्रमाण पत्र वितरण


    इलाम । स्वदेशी बजारमा नेपाली चियाको गुणस्तर प्रवद्र्धन गर्ने उदेश्यले काठमाण्डौको छाँया कम्लेक्समा भदौ ११ गते आयोजना गरेको ‘नेपाल टि च्यालेञ्ज २०२४’ का विजेतालाई इलामको सूर्योदयमा प्रमाण पत्र वितरण गरिएको छ ।
    काठमाण्डौमा प्रमाण पत्र ग्रहण गर्न छुटेका केही विजेतालाई आइतबार इलाममा प्रमाण पत्र वितरण गरिएको हो
    एस एफ टि तर्फ प्रथम भएको ग्रिन भ्याली टि, सोही विधामा दोस्रो भएको त्रिशक्ती पाथिभरा, ब्लाक टि तर्फ दोस्रो भएको सिद्धदेवि टि, ओलन टिमा प्रथम भएको स्मोक टि, ग्रीन टिमा पहिलो भएको न्यू सगरमाथा टि र सिल्भर टिप्समा प्रथम भएको दुर्गा अग्र्यानिक कृषि फर्मलाई प्रमाण पत्र प्रदान गरिएको हो ।


    प्रतियोगितामा एभरेष्ट टि उत्कृष्ट चियाको उपाधी पाएको थियो भने जसविरे टिले वेष्ट टि मेकरको अवाड पाएको थियो ।
    प्रतियोगितामा १४० वटा चियाको नमुना परिक्षण गरिएको थियो ।
    सन् २००० देखि २०१५ सम्मको तथ्याङ्क अनुसार नेपाली चियाको आन्तरिक बजार तथा प्रति व्यक्ति उपभोग बार्षिक ११ प्रतिशतले बृद्धि भइरहेको देखिए पनि मार्केट रिसर्ज डटकमको सर्वे अनुसार २०२५ सम्ममा नेपालमा चिया उपभोगको बार्षिक दर ५ देखि ८ प्रतिशतले ओरालो लाग्ने तथ्य बाहिर आएको अवस्थामा आन्तरिक र वाहिय बजारमा नेपाली चियाको विश्वसनियता वृद्धि गर्न च्यालेञ्जको आयोजना गरिएको थियो । प्रतियोगिताले चियालाई स्वदेशमा चिनाउन सहयोग पुगेको आयोजक टि स्टेशनका अध्यक्ष प्रज्वल प्रधानले बताए ।
    अध्यक्ष प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा चिया तथा कफि विकास बोर्डका कृषि विकास अधिकृत गौरब लुइँटेलले कार्यक्रमलाई सम्बोधन गर्दै चिया तथा कफि विकास बोर्डले गर्नेकाम नीजि क्षेत्रले सफलताका साथ सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरे ।
    कार्यक्रममा सूर्योदय नगरपालिकाको उद्योग शाखाका प्रमुख इश्वरी अधिकारीले निजी क्षेत्रले चिया क्षेत्रमा गरेको प्रयास प्रसंसायोग्य रहेको बताए । कार्यक्रममा कृषि उद्यमी दोर्जे लामाले चियालाई सरकारले नीतिगत रुपमै सुधार गर्न आवश्यक रहेको बताए ।
    कार्यक्रममा सूर्योदय नगरपालिका, नेपाल सरकार कृषि मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सहकार्य गरेका थिए । अध्यक्ष प्रधानले भने ‘ नेपाली अर्थोडक्स चियाको समृद्ध विविधतालाई चिनाउन कार्यक्रम सफल भएको बताए ।
    टि स्टेशनले चार बर्ष अघि इलाममा इलाम टि च्यालेञ्ज २०२० आयोजना गरेको थियो । नेपाली उपभोक्ताले चियाको रुपमा सिटिसि चियालाई मात्रै बढि उपभोग गर्दे आएका छन् । अर्थोडक्स चियामा विविध औषधीय गुणहरु समेत हुने गरेको विभिन्न अध्यायनहरुले देखाएको छ ।
    उत्कृष्ट चिया छनौटका लागि भारतमा पहिलो पटक चिया टेस्टिङ स्कुल सञ्चालन गर्ने श्रीमती सुष्मिता दास गुप्ता, कोलकातामा व्यापार विकास र प्याकेजिङ सल्लाहकार अजित सेन र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साना चिया उत्पादकहरूले उत्पादन गर्ने नेपाली चियाको प्रवद्र्धनमा लामो समय देखि सकृय जोन टेलर आएका थिए । उनीहरुले चिायको स्वाद परिक्षण गरेर गुणस्तर निर्धारण गरेको आयोजकले जनाएको छ ।


    राष्ट्रिय चिया तथा अफि विकास बोर्डका अनुसार नेपालमा एक करोड ८९ लाख २८ हजार किलो सिटिसि चिया उत्पादन हुने गरेको छ भने ६५ लाख ८७ हजार ८७१ किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ ।
    नेपाली चिया विश्वका ३४ वटा देशमा निर्यात भएको छ । अधिकांश चिया भने भारतीय बजारमा बिक्री हुने गरेको छ । कुल दुई अर्ब ३५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएकोमा एक अर्ब ९८ करोड रूपैयाँ बराबरको भारतमा मात्रै बिक्री हुने गरेको छ । नौ करोड ८३ लाख रूपैयाँको जर्मनी, तीन करोड ३९ लाख रूपैयाँको अमेरिका, तीन करोड ३० लाख रूपैयाँको फ्रान्स र तीन करोड २१ लाख रूपैयाँको जापनमा निर्यात हुने गरेको छ । यस बाहेक अस्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन लगायतका देशहरूमा पनि निर्यात हुने गरेको छ ।



    Avatar निगरानी    
  • २०८१ आश्विन ६, आईतवार १६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP