logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • ब्यवसायिक कृषिको लागि इलाम नगरपालिका ३ मा प्रविधि हस्तान्तरण

    ब्यवसायिक कृषिको लागि इलाम नगरपालिका ३ मा प्रविधि हस्तान्तरण

    इलाम :इलाम नगरपालिकाले कृषिमा यान्त्रिकरण र व्यवसायीक बनाउन किसानलाई प्रविधि हस्तान्तरण गरिएको छ । पालिकाले वडा न ३ को आर्थिक बिकाश कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालक किसानलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा प्रविधि उपकरण हस्तान्तरण गरिएको वडासचिव मनकुमार गुरुङले बताउनुभयो ।
    इलाम नगरपालिकाले किसानलाई १५ थान च्यापकटर र सिचाईका लागि पाइप हस्तान्तरण गरिएको हो । किसानलाई प्रविधि उपकरणहरु इलाम नगरपालिका प्रमुख केदार थापा, १ नम्बरका वडाध्यक्ष गायत्री राम बस्नेत , ८ नम्बरका वडाध्यक्ष दलमान तामाङ सहित पुर्ब वडा अध्यक्ष तिर्थ गुरुङ लगायतले हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष हेमन सुनुवारको अध्यक्षतामा इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै थापाले भने,‘हामीले लामो समय विकास र समृद्धिको भाषण गर्यौ, अब कार्यान्वयनको समय आएको छ’ त्यसैले आम इलाम नगरबासिको चहाना पुरा गर्न म निरन्तर लागिरहेको छु । उहाँले भन्नू भयोबअब नगरको समृद्धि कृषिबाटै हुने भएकाले किसानको समस्या समाधान गर्न इलाम नगरपालिका सधै लागिरहने छ ।’किसानलाई समय अनुकुल अगाडि बडाउन प्रबिधिमा जोड दिईने उहाँको भनाइ छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० श्रावण १०, बुधबार ०२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP