सूर्योदय : इलामको सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा सोमबार ४६ हजार ६७५ रूपयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरेको छ ।
अनुगमन समितिले खाद्यान्न देखि बालबालिकाले सेवन गर्ने मिठाइँ समेत म्याद गुज्रिएको अवस्थामा फेला पारेको हो । समितिले आइतबार देखि अनुगमन शुरू गरेको हो ।
समितिका निरिक्षण अधिकृत नविन ढकालको नेतृत्वमा फिक्कल बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका समान भटिए पनिगत बर्षको तुलनामा त्यस्ता सामग्री कम भेटिएको ढकालले बताए ।
सोमबार ११ वटा पसल अनुगमन गर्दा ५ बटा पसलमा म्याद गुज्रेका सामान भेटिएको ढकालले बताए । नेपाल प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकार सहभागि थिए ।
प्रतिक्रिया