फिक्कल : इलामको फिक्कलमा स्टडी पार्क एजुकेशन नेटवर्क विर्तामोडको शाखा शुक्रबार देखि सञ्चालनमा आएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा अध्यायन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा उपलव्ध गराउने उदेश्य सहित सूर्योदय नगरपालिका ८ फिक्कल पेट्रोल पम्प नजिक शुरु भएको शाखाले युवाहरुको चाहना अनुसारको जीवन उपयोगि सिप र तालिम प्रदान गर्ने लक्ष लिएको शाखा प्रमुख राजन प्रधानले जानकारी दिए ।
सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले शाखाको उद्घाटन गर्दै शाखाले युवाहरुको आवश्यकता अनुसारको ज्ञान र सिप उपलव्ध गराउनु पर्ने बताए ।
नेटवर्कले अन्तराष्ट्रिय स्तरमा अध्यायन गर्न चाहने विद्यार्थीका लागि आवश्यक जानकारी, मार्गदर्शन प्रदान गर्ने कम्पनीका अध्यक्ष मदन बुडाथोकीले बताए । उनले भने ‘हाम्रो मार्गदर्शन र परामर्शले विद्यार्थीहरूलाई सफल विदेश अध्ययनको मार्गमा उत्कृष्ट बनाउन सहयोग गरिरहेको छ ।’ उनले घरबाट बाहिर गएर अध्यायन गर्नुपर्ने विद्यार्थीका लागि सहज वातावरण निर्माण गर्न इलामको फिक्कमा शाखा स्थापना गरेको बताए ।
नेटवर्कले विशेषज्ञ परामर्श र मार्गदर्शन बाहेक आएल्स र पिटिइको तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । स्टडी पार्कका निर्देशक सरोज पौडेलले नेटवर्कको परामर्श र तालिम प्राप्त गरेका युवाहरुले यस अघि नै उत्कृष्ट अंक प्राप्त गरेर सफलता प्राप्त गरेको दावी गरे । उनले भने ‘हामी विदेशमा परामर्श, भिसा कागजात र तयारीका साथसाथै करियर काउन्सिलिङ पनि सञ्चालन गर्दछौ ।’
शाखाले लोकसेवा तयारी कक्षा, कम्प्युटर तालिम, ट्युसन र कोचिङ कक्षा समेत सञ्चालन गर्ने जनाएको छ । शाखाले विद्यार्थीलाई आर्थिक सहायता, विमा लगायतमा पनि सहयोग गर्ने जनाएको छ । शाखाले विद्यार्थीको लागि आवासको पनि प्रवन्ध गर्ने शाखा प्रमुख प्रधानले बताए ।
सूर्योदय नगरपालिका ८ का वडा अध्यक्ष जंग गुरुङले युवाहरुलाई क्षमतावान बनाउने काममा नेटवर्कले गर्ने सबै प्रयासमा सहयोग गर्ने बताए ।
कार्यक्रममा न्युटन्स एजुकेशन एकाडेमी विर्तामोडका प्रधानअध्यापक देवेन्द्र हुमागाईले शाखाले जीवन उपयोगी शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे । निधि कलेज विर्तामोडमा रञ्जित शाहाले आफुले समेत सानो क्षेत्रबाट काम शुरु गरेको अनुभव सुनाउँदै शाखाले इलामका युवाहरुको आवश्यकतालाई समेटेर काम गर्ने बताए ।
उपप्रमुख बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेटवर्कका अध्यक्ष बुडाथोकीको सभापतित्वमा सम्पनन भएको थियो । उद्घाटनसंगै शाखाले भर्ना खुल्ला गरेको जनाएको छ ।
प्रतिक्रिया