logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • काबेली करिडोर विद्युत प्रसारण लाइनमा क्षति , इलाम सहित पुर्वी पहाडका तीन जिल्लामा विद्युत आपूर्ति बन्द

    काबेली करिडोर विद्युत प्रसारण लाइनमा क्षति , इलाम सहित पुर्वी पहाडका तीन जिल्लामा विद्युत आपूर्ति बन्द

    इलाम , १३ असोज : निरन्तरको बर्षालले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत आपूर्ति बन्द  भएको छ ।झापाको पाडाजुँगी  देखि इलामको गोदक १३२ के भि प्रसारण लाइनको इलामको महमाईमा २ वटा  टाबर ढलेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख बिजली प्रसाद यादबले जानकारी दिनु भएको छ ।  अहिले  के कति स्थानमा समस्या छ भन्ने बारे प्राधिकरणका कर्मचारी फिल्डमा रहेको यादवले बताउनु भयो । अहि   इलाम सहित पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध बनेको  प्रमुख यादवले बताउनु भयो  ।साझसम्म विद्युत सुचारु गर्न प्रयास भइरहेको  जनाएको छ ।  काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने कार्य भएको थियोे ।  यी पुर्बी पहाडी जिल्लामा  विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो । विद्युत अबरुद्ध हुँदा तीन जिल्ला बासी प्रभावित भएका छ्न ।



    Avatar निगरानी संवाददाता    
  • २०८१ आश्विन १३, आईतवार ०९:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP