logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • सूर्योदयमा एक लाख ५० हजारको सामान बरामद

    सूर्योदयमा एक लाख ५० हजारको सामान बरामद

    सूर्योदय : इलामको सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले बजार अनुगमनका क्रममा एक लाख ५० हजार ८३० रुपयाँको अखाद्य सामग्री बरामद गरेको छ ।
    नगरपालिकाको फिक्कल बजार, पशुपतिनगर, तीनघरे, बरबोटे लगायतका बजार क्षेत्रका किराना पसल अनुगमनका क्रममा म्याद गुज्रेका सामन फेला परेका हुन् ।


    समितिका निरिक्षण अधिकृत नविन ढकालका अनुसार अघिल्लो बर्षको भन्दा यस बर्ष म्याद गुज्रेको सामनको परिमाण भने घटेको हो । उनले भने ‘यसले बजारकोअवस्थामा सुधार आएको संकेट गर्दछ त तर पुरै सुधार हुन समय लाग्छ ।’
    समितिले ७६ पसल अनुगमन गर्दा ३८ पसलमा म्याद सकिएका, उत्पादन मिति र उपभोग मिति नभएका, बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खाद्यान्न, पेय, मिठ्ठाई लगायतका सामान फेला परेको निरिक्षण अधिकृत ढकालले जानकारी दिए । ढकालले नियमित अनुगमन गर्ने समेत बताए ।


    अघिल्लो पटक अनुगमन गर्दा बजारमा देखिएको समस्या समाधान गर्न व्यपारिलाई दिएको सुझाव समेत कार्यान्वायन भएको पाइएको सिमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेलले बताए । कतिपय पसलमा म्याद गुजे्रका सामान राख्नका लागि बेग्लै कक्षको व्यवस्था समेत गरेको पाइएको उनले जानकारी दिए ।
    अनुगमनका क्रममा सिमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख पोख्रेल सहित नेपाल प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकार सहभागि थिए ।
    सूर्योदय नगर उद्योग वाणिज्य संघले पनि उद्यमी व्यवसायीलाई उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न आव्हान गरेको छ ।



    Avatar निगरानी    
  • २०८१ आश्विन १६, बुधबार १७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP