इलाम : ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा इलाममा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा सोमबार जिल्लाभरका सहकारी संस्थाहरुको उपस्थिति सहितको सहकारीकर्मीको ¥यालीले नगर परिक्रमा गर्दै सिटीहलमा गएर सभामा परिणत भएको थियो ।
सभामा जिल्ला सहकारी संघ इलामले विभिन्न सहकारी र ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुने संस्थातर्फ आदर्श बहुउद्देश्यीय सहकारी, प्रगति साकोस, साङरुम्बा कृषि सहकारी, इको चिया सहकारी, चुलाचुली साना किसान सहकारी, इलाम दुग्ध उत्पादक सहकारी लयायत छन् ।
यसैगरि सम्मानित हुने ब्यक्तिहरु कृष्णप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद दहाल र पत्रकार प्रकाश नेपाल रहेका छन् । कार्यक्रममा सहकारीविज्ञ कमल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राई, इलाम नपा वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठ, आदर्श बहुउद्देश्यीय सहकारीका अध्यक्ष महेशकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक इलामका शाखा प्रमुख मनोज लामिछाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, इलाम नगरप्रमुख केदार थापाले लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष लिलाप्रसाद थापाको अध्यक्षता र माननीय संघीय सांसद महेश बस्नेतकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।;
प्रतिक्रिया