इलाम , ८ पौष:
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले
इलाम जिल्लाको दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गरेको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ क्षेत्र १ का लागि ज्वाला नेपाल (दाहाल) लाई सिफारिस गरेको छ । राप्रपा जिल्ला कार्य सम्पादन समितिको पौष ६ गते बसेको बैठकले क्षेत्र २ का लागि लक्ष्मी गुरुङ र गणेश दुलालको नाम केन्द्रीय समितिमा सिफारिस गरेको राप्रपा इलामका अध्यक्ष राजेन्द्र चौहानले बताउनु भएको छ ।
यस्तै समानुपातिकतर्फ क्षेत्र १ बाट सोइजन शेर्पा, तोयानाथ शर्मा सापकोटा र मोहन श्रेष्ठलाई सिफारिस गरिएको जनाइएको छ । शेर्पा र श्रेष्ठ आदिवासी जनजाति तथा शर्मा खस आर्य कोटामा सिफारिस भएका हुन् ।
क्षेत्र नम्बर २ बाट बबिता गुरुङ, गोपाल पौड्याल र कृष्णप्रसाद बाँस्तोलाको नाम सिफारिस गरिएको जनाएको छ । गुरुङ आदिवासी जनजाति तथा पौड्याल र बाँस्तोला खस आर्य कोटामा सिफारिस गरिएको राप्रपा इलामले जानकारी दिएको छ ।
प्रतिक्रिया