logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • ‘पसल बजार खानेपानी योजना ‘ संचालमा आएपछि स्थानीयलाई सहज

    ‘पसल बजार खानेपानी योजना ‘ संचालमा आएपछि स्थानीयलाई सहज

    फाकफोकथुम, १७ माघ : इलामको फाकफोकथुम गाउँपालिका २ र ६ स्थित फँलाटे बजारमा  ‘पसल बजार खानेपानी योजना’ संचालमा आएको छ । उक्त आयोजनाको शुक्रबार एक कार्यक्रमका बीच  उद्घाटन तथा  हस्तान्तरण  गरिएको जनाइएको छ । पसल बजार खानेपानी उपभोक्ता समितिद्वारा  आयोजित कार्यक्रममा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले खानेपानी योजनाको उद्घाटन गर्नु भएको हो  ।

    गाउँपालिका र सहयात्रा नेपाल संस्था संग साझेदारी गरि उपभोक्ताको समेल लागत सहभागीमा योजना सम्पन्न गरिएको अध्यक्ष खनालले बताउनु भयो । बजार क्षेत्रमा पानीको अभाब हुने र पानीको कारण छिमेकी बीच मनमुटाव हुने गर्थ्यो ‘पसल बजार खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको उहाँको भनाई छ । 

    सहयात्रा नेपालले दातृ संस्था टेवाको सहयोगमा यो योजना सम्पन्न गरेको यो तेस्रो योजना रहेको सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेमकुमारी ( गङा ) शिवाले बताउनु भयो ।  एक घर एक धाराको सुविधा पुर्याउने उदेश्य सहित यस क्षेत्रमा खानेपानी योजना संचालन गरिएको बताउनु भयो । खानेपानीको सुबिधाले विशेष गरी महिलाहरुलाई सहज हुने उहाँको अपेक्षा छ ।

    खानेपानी योजनाबाट फाकफोकथुम गाउँपालिका-२ र ६ का ४८ भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । योजना सञ्चालनमा आएपछि खानेपानी सेवासुविधा विस्तार भएको पसल बजार ब्यवस्थापन समिति अध्यक्ष  प्रकाश राईले बताउनु भयो ।  यश क्षेत्रमा लामो समयदेखि स्थानीयले भोग्दै आएको खानेपानी समस्याको समाधान भएको छ ।


    फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टंक खनालले खानेपानी योजना सम्पन्न भए संगै नागरिकको दैनिकी सहज भएको बताउनु भयो ।
    फाकफोकथुम गाउँपालिका वडा नम्बर २  का वडा डम्बरबहादुर निरौलाले दाताहरु सङ साझेदारीमा खानेपानी योजना निर्माण गर्ने आफुहरु लागि परेको बताउनु भयो । स्थानीय सरकार सहयोगी सस्था र उपभोक्ताको हातेमालोले योजना समयमा नै सम्पन्न भएको उहाँको भनाई छ ।
    योजनालाई दिगो बनाउन कोष र मर्मत सहयोगी समेत राखिएको छ ।


    योजनाको कुल लागत १७ लाख ८ हजार ५६६ रुपैयाँ रहेको छ । जसअन्तर्गत फाकफोकथुम गाउँपालिकाबाट ६ लाख ४ हजार ३७६ रुपैयाँ, सहयात्रा नेपालको टेवा काठमाडौं मार्फत  ५ लाख रुपैयाँ र समुदायको तर्फबाट ६ लाख ४ हजार १९० रुपैयाँ योगदान रहेको छ ।
    योजना उद्घाटन र हस्तान्तरण कार्यक्रमकै दिन सहयात्रा नेपालले फ्रेन्ड अफ युकेको सहयोगमा उक्त खानेपानी उपभोक्ता रहेका विपन्न र सीमान्तीकृत १८ परिवारलाई ५ सय लिटरको पानी ट्याङ्की वितरण गरेको जनाएको छ ।



    निगरानी    
  • २०८२ माघ १८, आईतवार १७:०४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP