इलाम : तपाईले मृत्यु संस्कारमा पुगेर फोटो खिचाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने ‘नेता’ त देख्नु भएकै छ । प्रचारकै लागि ‘काण्ड’ मच्चाउने पनि कम छैनन् । तर इलाममै जनताका यस्ता नेता पनि छन् जसलाई हल्लाको मोह छैन तर चुपचाप जनताको सेवामा दिनरात बिताउँछन् ।
ती हुन् इलाम नगरपालिका वाड न ८ का वडाध्यक्ष दलमान तामाङ । नेपाल प्रहरीमा दुई दशक विताएका तामाङको दैनिकी वडाध्यक्ष बनेपछि फरिएको छ । बास बस्ने बाहेकको उनको समय जनताको घर आँगनमा वित्न थालेको छ ।
दलमान सुनाए ‘विहान चार बजे उठ्छु, नित्यकर्म गरेर ६ बजे त जनताको घरमा चिया खादै हुन्छु ।’ निर्वाचित भए देखिनै उनको दैनिकी विहान देखि मध्यरात सम्म जनताके घरआँगनमा हुने गरेको छ ।
स्थानीय भिमा लिम्बु भन्छिन् ‘समस्या परेका हरेक मान्छेको घरमा पहिले वडा अध्यक्ष नै पुग्नु हुन्छ , वडाले साच्चैको जनप्रतिनिधि पाएको छ ।’
उनी मात्रै हैन उनीसंगै रहेका चार जना सदस्यपनि उनको साथमा छन् । सदश्य रुपेन खड्का भन्छन् ‘कहिलेकाहींँ घर पुग्दा मध्यरात हुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ले वडा अध्यक्षलाई २९ प्रकारका सिफारीस सहित विकास र नागरिकको सेवा सम्बन्धी विभिन्न अधिकारहरु प्रदान गरेको छ । प्रहरीमा जागिर खाएर रिटायर भएका तामाङ समयको शक्तिलाई राम्रोसंग बुझ्दछन् । उनले सुनाए ‘हरेक दिन दश बजे देखि एक बजे सम्म कार्यालयमै बसेर काम गर्छु ।’
पाँच बर्ष जनताको सुख दुःखमा संगै हुने प्रण गरेको बताउने उनले शुरुमा वडा अध्यक्ष हुने ठुलो चासो राखेका थिएनन् । धेरैको आग्रहमा वडाअध्यक्ष भएका उनले कार्यकालको केहि समयमै नागरिकको हित सम्झेर काम शुरु गर्ने हो भने शुन्दर नेपाल बनाउन समय नलाग्ने बुझेको बताउछन् ।
पछिल्लो समय उनी आफ्नो वडाको एक हजार भन्दा बढि घरमा पुग्दा गरिब, अशक्त, स्वास्थ्य संस्था पुग्न नसकेर घरमै थला परेका नागरिकलाई भेटे । दिर्घ रोगले थला परेका नागरिकका लागी जिल्लामै पहिलो पटक घर घरमा पुगेर स्वास्थ्य उपचार गर्ने अभियान शुरु गरे । अभियाको पहिलो चरण शनिबार सम्पन्न हुँदा अशक्त, विपन्न, जेष्ठ नागरिक, स्वास्थ्यमा पहुँच नभएका नागरिकको १६७ घरमा पुगेर सेवा दिएको उनले बताए । उनले भने ‘घरमै पुगेर स्वास्थ्य सेवा दिँदा नागरिकबाट पाउने आर्शिवाद र उहाँहरुको सन्तुष्टीको आनन्द गजबको हुँदो रहेछ ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बिरामी भएको , वेवारीसे वा असाहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्र पु¥याउने जिम्मा वडा कार्यालयलाई दिएको छ । वडा अध्यक्ष तामाङको टिमले विरामी स्वास्थ्य सस्था हैन स्वास्थ्य संस्था चाहि जनताको घरमा पु¥याएकको सेर्पा मल्टि टे«नीङ सेन्टरका सञ्चालक लाप्साङ शेर्पाले बताए ।
नगरको तिल्केनी शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक तेज बहादुर सोडारी, स्वयंसेवीका, जनप्रतिनिधि सहितको टोलीले वडाका सबै टोलहरुमा पुगेर सुगर, व्लड प्रेसर, दम, प्यारालाईसिस, आँखा लगायतका रोगका विरामीको उपचार गरेको सोडारीले बताए । ६ दिने अभियानको क्रममा तीन सय ७ जनालाई विभिन्न टोलमा भेला पारेर सेवा दिएको उनले बताए । उनले भने ‘यो नयाँ अनुभव र जनसेवाको नयाँ अभ्यासको रुपमा पनि मैले अनुभव गरे ।’
अभियानकै क्रममा सेवा पाएका ७० बर्षिय हरी विक्रम बस्नेतले भने ‘हामीले खोजको सेवा यस्तै हो, यस पटक आँगनको सरकारको अनुभुती गर्न पाइयो ।’ नागरिकका न्युनतम आवश्यकता पुर्तीका लागि अहोरात्र खटेका अध्यक्ष तामाङ भन्छन् ‘हामै्र कार्यकालमा नागरिकमा वडा सरकारको अनुभुती गराउने प्रयासमा छौ, नागरिकको साथ पायौ भने सफल हुन्छौ ।’
उनले व्यवसायीक कृषि, साहसिक पर्यटन, सजिलो वडाको अवधारण अनुसार नागरिकले अनुभुती गर्ने योजनाहरु अघि सारेका बताए ।