logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • इलामको पशुपतिनगर नाका आज राती १२ बजेदेखि बन्द  

    • निगरानी
    • २०८२ फाल्गुन १८, सोमबार १८:०५ गते
    इलामको पशुपतिनगर नाका आज राती १२ बजेदेखि  बन्द  

    निशान निरौला , इलाम ,फागुन १८: आज राती १२ बजे देखि  इलामको पशुपतिनगर  सीमा नाका बन्द ( सिल )  गरिने भएको  छ ।  
    जिल्ला प्रशासन कार्यालय इलामले  सोमबार राति १२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म  ७२घण्टा जिल्लासँग जोडिएका भारतीय सीमा नाका  सिल गरेको प्रमुख जिल्ला  अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।
    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई  मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएकोे छ। निर्वाचनलाई स्वतन्त्र , निश्पक्ष , सुरक्षित र भयरहित बनाउन नाका बन्द गरिएको प्रशासनले जनाएको छ ।   मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ ढकालको भनाई छ । इलाममा ५२ दशमलव ५ किलोमिट नेपाल–भारत खुल्ला सीमा क्षेत्र रहेको छ । सीमा क्षेत्रमा पर्ने सन्दकपुर देखि सलकपुर सम्म  खुल्ला रुपमा  आवागमन हुदैआएको छ ।जिल्लाको  मुख्य नाका  पशुपतिनगर रहेको छ भने  मानेभञ्ज्याङ, छब्बिसे र जौबारी क्षेत्र बाट नेपालभारत  आउजाउ हुने गरेको छ ।  मौन अवधिको समयमा दुबै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा बन्द गर्न समन्वय गरिएको   प्रजिअ ढकालले जानकारी दिनुभयो । 



    निगरानी    
  • २०८२ फाल्गुन १८, सोमबार १८:०५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP