logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • पथरीलाई ५-२ ले हराउदै मच्छिन्द्र  इलाम गोल्डकपको उपाधी होडमा

    पथरीलाई ५-२ ले हराउदै मच्छिन्द्र  इलाम गोल्डकपको उपाधी होडमा

    सविता पाण्डे , इलाम , ९ बैशाख : मच्छिन्द्र फुटबल क्लब काठमाडौ इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा आज  भएको खेलमा पथरी–११मोरङलाई  ५-२ ले पराजित गर्दै  मच्छिन्द्र उपाधी होडमा पुगेको हो ।
    मच्छिन्द्रको जीतमा मिलन चाम्लिङ राईले २ गोल गरे । खेलको ११ औ र २९ औ मिनेटमा राईले गोल गरे ।
    खेलको १५ औ मिनेटमा मौसम लिम्बुको गोल सहित पथरी ११ खेलमा फर्किएको थियो ।
    खेलको ४९ औ मिनेटमा मच्छिन्द्रका सौरभ लिम्बुले  गोल गरेर  ३-१ को अग्रता बनाए ।
    खेलको ६९ औ मिनेटमा पथरी ११ का  सुजल ढङोलले १ गोल गरी गोल अन्तर घटाएको थियो । दोस्रो हाफ पछिको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो ।

    मच्छिन्द्रको लागि खेलको ८१ औ मिनेटमा अभिनास स्यान्तामले गोल गरेर फराकिलो अन्तर बनाए ।
    अतिरिक्त समयमा श्याम मुर्मुले १ गोल गरि मच्छिन्दलाई ५-२ को फराकिलो जीत दिलाए ।

    आजको प्लेयर अफ द म्याच मच्छिन्द्रका खेलाडी मिलन चाम्लिङ राई बने ।उनले नगद ८ हजार एकसय सहित ट्रफी प्राप्त गरे ।

    रेडहर्स फुटबल क्ल्बको आयोजनामा इलाम स्थित ठूलो टुडिखेलमा जारी प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा बिहीबार डिफेन्डिङ च्याम्पियन  न्युरोड टीम (एनआरटी)ले रोलिङ क्लब धुलाबारी झापा संग प्रतिस्पर्धा गर्नेछ । रोलिङले क्वाटरफाइनलमा पाँचथर फुटबल  क्लबलाई  ३–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो ।  चित्लाङ फुटबल क्लबलाई १ – ० ले पराजित गर्दै एनआरटीले  सेमिफाइनलको यात्रा तय गरेको हो ।

    बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको  १२ गते फाइनल खेल हुनेछ  । रेड हर्ष फुटबल क्लबद्वारा आयोजित  प्रतियोगिताको  विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् ।



    निगरानी    
  • २०८३ बैशाख ९, बुधबार १८:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP