logo
  • २०८३ जेष्ठ २७, बुधबार | Wed, 10 Jun 2026
  • विकेट नगुमाएको भारत ठूलो स्कोरतर्फ बढ्दै

    • निगरानी
    • २०७६ आश्विन १५, बुधबार ०९:३३ गते
    विकेट नगुमाएको भारत ठूलो स्कोरतर्फ बढ्दै

    एजेन्सी । भारतीय क्रिकेट खेलाडी रोहित शर्माले टेष्ट क्रिकेटमा चौथो शतक पूरा गरेका छन् । बुधबार सुरू भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले टेष्ट क्रिकेटको चौथो शतक पूरा गरेका हुन् ।

    रोहितले १५४ बल खेल्दै १० चौका ४ छक्काको सहयोगमा १०० रन बनाएका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले चिया समयसम्म ५९‍.१ ओभरको समाप्तिमा २०२ रन बनाएको छ । भारतले हाल सम्म विकेट भने गुमाएको छैन । सबै विकेट हातमा रहेको भारतले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको छ ।



    निगरानी    
  • २०७६ आश्विन १५, बुधबार ०९:३३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP