logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • शालनाल सहितको मृत बालक फेला

    • निगरानी
    • २०७६ आश्विन २५, शनिबार २०:३५ गते
    शालनाल सहितको मृत बालक फेला

    बराहक्षेत्र / बराहक्षेत्र ५ श्री ज. डे. ज. मा. वि.को खेल मैदान पुर्व पट्टी हैटाखोलामा असोज २४ गते शुक्रबार शालनाल सहित पानीमा फालिएको बच्चा फेलापरेको छ । स्थानीयले बिहिवार बेलुका देखे पनि गुडिया हो भनेर वास्ता नगरेको बताउँछन् ।

    हिजो विहान ९ बजे फेरि खोलामा देखे पछि कालाबन्जर प्रहरी चौकीलाई खवर गरिएको थियो । बालक अन्दाजी एक दुई दिन अघि मात्रै खोलामा फालेको हुन सक्ने शंका गरिएको छ ।

    इलाका प्रहरी कार्यालय चक्रघट्टीले बालकको शवको मुचुल्का उठाई धरानको विपि हस्पिटल पोष्टमार्टमका लागि पठाइएको असइ दिपेश कुमार देवले बताए ।

    कालाबन्जरमा यस्तो घटना पहिलो हो कसले किन यस्तो काम गर्‍यो हामी पत्ता लगाउने छौ , गाउँघर सोधपुछ गर्ने छौ , प्रहरीले यथासक्दो चाडो घटनाको बारेमा पत्ता लगाउन मद्दत गर्नु पर्यो वडाअध्यक्ष राजु अघिकारिले बताए ।



    निगरानी    
  • २०७६ आश्विन २५, शनिबार २०:३५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP