इलाम , मंसीर १७ : ३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा दृष्टिबिहिन बालबालिकालाई बिद्यालय पोषाक तथा न्यान्यो कपडा बितरण सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच इलाम नगरपालिका ९ स्थित श्री पोखरी दृष्टिबिहिन आधारभूत बिधालयमा सहयात्रा नेपाल सस्थाले फ्रेन्ड अफ युकेको सहयोगमा उक्त सामाग्री बितरण गरेको हो । दृष्टिविहिन बालबालिकाको लागि विषेश कक्षाको रुपमा संचालन हुदै आएको विद्यालयमा होस्टलको व्यवस्था रहेको छ । सोही विद्यालयमा रहेका ३ जना दृष्टिविहिन बालबालिकालाई संस्थाले सामाग्री वितरण गरेको हो । विभिन्न समयमा दृष्टिविहिन बालबालिको लागि सहयोग गर्दै आएको सहयात्रा नेपाले अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विद्यालय पोषक र न्यानो कपडा वितरण गरेको जनाएको छ ।
सस्थाकी अध्यक्ष हेमकुमारि शिवाको अध्यक्षता र इलाम नगरपालिका ९ कि वडा सदस्य कमला बराल अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा इलाम नगरपालिका ९ का वडासदस्य लोक बहादुर थापा , विद्यालय व्यवस्थापन समिति अध्यक्ष यसोदा देवी शिवाकोटी , विद्यालयकी प्रधानअध्यापक शशीकला गुरागाई लगायतले मन्तव्य राखेका थिए ।
दृष्टिविहिन बालबालिकाको लागि विषेश कक्षाको रुपमा संचालन हुदै आएको विद्यालयमा होस्टलको व्यवस्था रहेको छ ।
५ जना विद्यार्थी रहेकोमा हाल ३ जना अध्ययनरत छन । २ जना विद्यार्थी भर्ना भएपनि विदा पछि विद्यालय फर्किएका छैनन । सरकारको जिम्वेवारी भएपनि व्यवस्थापनमा कमजोरी रहेको स्थानीय बासीको गुनासो छ ।
प्रतिक्रिया