logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् -पूजा शर्मा

    • निगरानी
    • २०७६ आश्विन २८, मंगलवार १३:१८ गते
    हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् -पूजा शर्मा

    काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले एकसाथ तिन चलचित्रमा काम गरिसकेका छन्।

    ‘रामकहानी’, ‘पोइ पर्यो काले’ र ‘सम्हालिन्छ कहिले मन’ उनीहरुले एकसाथ काम गरेका चलचित्र हुन्। जसमध्ये ‘रामकहानी’ गतवर्ष प्रदर्शनमा आएको थियो भने ‘पोइ पर्यो काले’ आउँदो कात्र्तिक ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिएसंगै प्रचारप्रसारमा यी दुईको दौडधुप शुरु भएको छ।

    कलाकार भएपछि लगातार चलचित्रमा काम गर्नु नौलो कुरा होइन्। तर, पूजा र आकाश प्रेममा रहेको चर्चा बजारमा चल्दै आएको छ।

    उनीहरु भने यो कुरामा सत्यता नभएको बताउँछन्। आफूहरुको जोडीलाई दर्शकले माया गरेको हुनाले पनि निर्माता/निर्देशकले अफर गर्ने र दर्शकहरुमा पनि त्यो सोँच हुनसक्ने उनीहरु बताउँछन्।‘हामीहरुले लगातार चलचित्र गरिरहेका छौं। त्यसैले दर्शकहरुलाई पनि त्यस्तो लागेको हुनसक्छ। हामीहरु घनिष्ट छौं तर प्रेममा भने छैनौं’–पूजा भन्छिन्।
    आकाश सरल स्वभावको भएका कारण नै आफूहरुको सम्बन्ध लामो समय टिकेको पूजा बताउँछिन्।

    आकाश पनि पूजाको संगतले आफ्नो कम बोल्ने बानीमा सुधार आएको बताउँछन्।



    निगरानी    
  • २०७६ आश्विन २८, मंगलवार १३:१८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP