अमेरिकाको कोलोराडोमा दशैँतिहार शुभकामना साँझ हुँदै

 अमेरिकाको कोलोराडोमा दशैँतिहार शुभकामना साँझ हुँदै

काठमाडौं। हिन्दुहरूको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरूले शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा आगामी अक्टोवर १९ तरिक शनिबार थ्रोन्टन स्थित सेन्चुरी मिडिल स्कूलमा सांझ ५ बजेदेखि ९ बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने संस्थाका महासचिव विनय दाहालले बताएका छन्।

भगवान भण्डारी, महेश बुढाथोकी लगायत स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरिकीहरू तथा सर्वसाधारण सबैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको संस्कृती संरक्षण र पहिचानमा सहयोग गर्न उनले  चुले निम्तो गरेका छन्।

त्यसैगरी संस्थाको हालै सम्पन्न कार्यसमितिको बैठकले संस्थाका सबै पूर्व अध्यक्षहरू सहित एक सफल व्यावसायी र एक सामाजिक अभियन्ता रहेको सल्लाहकार समिति बनाउने निर्णय गरेको छ । महासचिव दाहालका अनुसार पूर्व अध्यक्षहरू आजीवन स्थायी रुपमा सल्लाहकार सदस्य रहने छन् भने अन्य दुई भने नयाँ कार्यसमिति चयनहुंदा परिवर्तन हुन सक्ने छन् । त्यस्तै कार्यसमितिले एक बोर्ड सदस्य समेत मनोनीत गरेको र यी सबै नामहरु उक्त कार्यक्रममा घोषणा गर्ने बताईएको छ।

सबै नेपालीहरू एकै ठाउँमा भेला भए आपसमा भलाकुसारी गर्दै महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदानगर्न पाउने महत्वपूर्ण अवसर भएकोले आफ्ना साथी भाइ इष्‍ट मित्र , छर छिमेक, सबैलाई खवर गरी कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोग गरिदिन हुन समेत सबैलाई अनुरोध गरिएको छ । संस्थाले हरेक वर्ष दशैँ तिहार कार्यक्रमको आयोजना गर्दै आएको छ ।