कवि विमल वैद्यको ‘युगको तटमा उभिएर’ गृह लोकार्पण

कवि विमल वैद्यको ‘युगको तटमा उभिएर’ गृह लोकार्पण


इलाम : कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएको छ । इलाम सदरमुकाम स्थित अरनिको संग्रहालयमा ( पुरानो दरवार ) आइतबार इलाम नगरका विशिष्ट नागरिक पुर्व क्याम्पस प्रमुख युद्ध प्रसाद वैद्यको प्रमुख आतिथ्यता र धर्म गौतमको अध्यक्षतमा लोकार्पण गरिएको छ । इलाम नगर साहित्य ,कला , संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा विद तथा लेखक केदार शर्मा , कवि तथा समिक्षक प्रकाश थाम्सुहाङले कृति माथी चर्चा गरे ।
थाम्सुहाङ्ले कवि विमल वैद्यले ४० बर्ष देखि निरन्तर सिर्जनामा लागिरहेकोले स्थापित सर्जक भएको बताउनु भयो । वैद्यका साहित्य सृजना नेपाली साहित्यको लागि गर्भ गर्न लायक रहेको बताउनु भयो ।
भाषा विद तथा लेखक केदार शर्माले कवि वैद्यले आफ्ना सिर्जनामा शब्दलाई नधुट्याइकन दिनुपर्ने कुरा दिने गरेकोले यस कृतिमा समेत अझ परिमार्जन भएको बताउनु भयो । लेखनमा वैचारिक अडान हुन आवश्यक रहेको शर्माले बताउनु भयो । चौथो कविता संग्रह पस्किसकेका वैद्यलाई घरको खम्बा तयार भैसकेको र अब छाना लगाउनु पर्ने आउने सृजनाको लागि संकेत गर्नु भयो ।
कार्यक्रममा गायक तथा संगीतकार कोमल निरौला , इलाम नगरपालिकाका प्रमुख केदार थापा , इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साहित्यमा शब्द , शैली र स्वभावले वैद्यको चर्चा इलाममा मात्रै नभैइ देशभर र छिमेकी देश भारत दार्जिलिङ , सिक्किम , मिरिक लगायत नेपाली भाषी रहेका स्थानमा समेत छ ।करिब ४० बर्ष देखि इलाममा रहेर सिर्जनामा लागिरहनु भएका कवि देश तथा सिमा पारीका विभिन्न साहित्यिक कार्यक्रममा ब्यस्त हुन् गर्नु भएको छ । प्रष्ट बिचार भएका कवि वैद्यले तीन सय कविता लेखीसक्नु भएको छ । उहाका कवितासंग्रह , कथा र निबन्धले नेपाली साहित्यको भणडार वृद्धि भएको छ । मोफसलमा बसेर ख्याति कमाइसक्नु भएका वैद्यको यस अघि ‘आकास छुन खोज्ने मनहरू’ ‘समय र सपनाहरू’ र अक्षर सिम्फोनी कविता संग्रह बजारमा आइसकेका छ्न ।

यस अघि वैद्यको कविताकृति काठमाडौमा गत पुस २८ गते सार्वजनिक गरिएको थियो ।पेज टर्नरले बजारमा ल्याएको ३४ कविता संग्रहित ‘युगको तटमा उभिएर’ कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।