logo
  • २०८३ जेष्ठ २७, बुधबार | Wed, 10 Jun 2026
  • छिमेकी देशका प्रमुख नेता नेपाल भ्रमणले अन्तर्राष्ट्रियस्तरमा साख बढेको छ – डा.बाबुराम भट्टराई

    • निगरानी
    • २०७६ आश्विन ३०, बिहीबार १२:१७ गते
    छिमेकी देशका प्रमुख नेता नेपाल भ्रमणले अन्तर्राष्ट्रियस्तरमा साख बढेको छ – डा.बाबुराम भट्टराई

    काठमाडौँ / पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुर्‍याएको बताएका छन्।

    समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उनले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा उनले भने।

    “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।”

    नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।” अर्को फरक प्रसङ्गमा डा भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताए।

    सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उनको भनाइ थियो। “साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो”, डा.भटृराइले भने।



    निगरानी    
  • २०७६ आश्विन ३०, बिहीबार १२:१७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP