logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • सुरेन्द्र महर्जन अमरको २२औं कृति ”सरिता-२” सार्वजनिक

    • निगरानी
    • २०७६ कार्तिक ९, शनिबार १२:२३ गते
    सुरेन्द्र महर्जन अमरको २२औं कृति ”सरिता-२” सार्वजनिक

    काठमाडौँ / गीत, संगीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र संगीतमा समर्पित हुँदै आउनु भएको कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको २२औं कृति पाँच, सात र पाँच हरफबाट सृजना भएको सत्र अक्षरमा तयार हुने जापानी शैलीबाट सृजना हुने हाइकु जसमा भूत, भविष्य वर्तमानदेखि लिएर वातावरणसम्म अटाउने ब्याख्या गरेमा धेरैभन्दा धेरै कुरा एउटै सृजनामा भेट्न सकिने साहित्य विद्यामा हाइकु नामबाट प्रख्यात सुरेन्द्र महर्जनको बाइसौं कृति ‘सरिता-२’ हाइकु सङ्ग्रह ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड-२०७६ मा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

    ओएसनेपालले हरेक वर्ष प्रदान गर्दै आइ रहेको अवार्ड वितरण कार्यक्रममा यस वर्ष दीर्घ सम्मानबाट पाँच दशकदेखि निरन्तर गीत, संगीत क्षेत्रमा लाग्नु हुने वरिष्ठ गायिका तिर्थदेवीलाई उक्त सम्मानबाट सम्मानित गरिएको थियो । नोमिनेसनमा पर्नु हुने सबै पुरस्कृत भएको जानकारी गर्नुको साथै अन्ठाउन्न विद्यामा नोमिनेशनमा पर्नु हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियोे ।

    कार्यक्रममा अन्ठाउन्न विद्या मध्य उत्कृष्ट एकलाई ओएसनेपाल म्युजिक अवार्ड कार्यक्रममा वितरण गरिएको थियो । विवेक कार्कीको सभापतित्वमा प्रमुख अथिती यज्ञलाल श्रेष्ठ अथितिहरू श्वेता खड्का, कृष्ण मल्ल, तिलक सुनुवार, प्रमोद खरेक, यम बराल, धिरज राई आदिको उपस्थितिमा सुगारिका के. सी र नरेश भट्टराईले कार्यक्रम संचालन गरेको थियो ।



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार १२:२३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP