पंञ्चम संगीत पुनः मानसिंह थुलुङ

पंञ्चम संगीत पुनः मानसिंह थुलुङ

सूर्योदय : इलामको सूर्योदयमा स्थापना भएको पंञ्चम संगीत प्रतिष्ठानको प्रथम अधिवेशनले वरिष्ठ गायक तथा संगीतकार मानसिंह थुलुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
गीत, संगीत क्षेत्रमा सूर्योदय नगरपालिकालाई योगदान गर्ने उदेश्यले स्थापना भएको अधिवेशनले उपाध्यक्षमा गायक कुबेर राई , सचिव बृष बहादुर प्रधान , सहसचिवमा चन्द्रकिशोर लिम्बू र कोषाध्यक्ष गायत्रा ओली सहितको १५ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
अध्यक्ष थुलुङको सभापतित्वमा भएको प्रथम साधारण सभा तथा अधिवेशनका प्रमुख अतिथि सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले नगरपालिकाले कला, साहित्य र संगीतको विकासमा योजनावद्ध रुपमा काम गरिरहेको बताए । कार्यक्रममा कवि विमल बैद्य लगायतले मन्तव्य राखेका थिए ।