logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • मच्छिन्द्र माइभ्याली गोल्डकपको फाइनलमा

    • निगरानी
    • २०७६ फाल्गुन २१, बुधबार १३:५८ गते
    मच्छिन्द्र माइभ्याली गोल्डकपको फाइनलमा

    मच्छिन्द्र इलाममा जारी छैटौं माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । मानेभञ्जयाङ फुटबल क्लब दाजिलिङलाई ३ शुन्य गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मच्छिन्द्रका रेजिन सुब्बाले खेलको १९ औ मिनेटमा खाता खोले । मच्छिन्द्रको तर्फबाट विदेशी खेलाडी एडिलाजा सोमिडेले २१औ मिनेटमा अर्को गोल गरे । रेजिन सुब्बाले ८६ औ मिनेटमा दास्रो गोल गर्दै फराकिलो गोल अन्तरले जित निकाले । खेलको म्यान अफ दि म्याच मछिन्द्रका देबेन्द्र तामाङ बने । उनले नगद १५ हजार प्राप्त गरेका छन ।


    विहिबार दोस्रो सेमीफाइनलामा आयोजक माइभ्याली र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ । आयोजक घरेलु मैदानमा पहिलो पटक सेमीफाइनलमा प्रवेश गरेको हो । आर्मीले माइभ्याली गोल्डकपकोे पहिलो संस्करणको उपाधी उचाली सकेको छ ।
    मच्छिन्द्र सहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटा सहित नेपालकाको ६ वटा र ४ विदेशी टीमको सहभागिता टोलीको सहभागिता रहेको प्रतियोगिताकोे फाइनल खेल फागुन २४ गते हुनेछ । माइ भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन ।



    निगरानी    
  • २०७६ फाल्गुन २१, बुधबार १३:५८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP