logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • दोस्रो इलाम गोल्डकप मंसिर २२ देखि , मैदान व्यवस्थापनमा लाखौ खर्च

    दोस्रो इलाम गोल्डकप मंसिर २२ देखि , मैदान व्यवस्थापनमा लाखौ खर्च


    सविता पाण्डे ,इलाम मंसिर १८ : इलाममा मंसिर २२ गते देखि संचालन हुन लागेको दोस्रो इलाम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । इलाम सदरमुकाम स्थित ठुलो टुडिखेलमा करिव १० हजार दर्शक अट्ने बाँस बाट अस्थाई प्याराफिट निमार्ण गरिएको छ भने मैदानको स्तरीकरण कार्य सम्पन्न भएको आयोजक रेडहर्स फुटबल क्लबका अध्यक्ष साङगे योल्मुले बताउनु भयो ।

    इलाममा व्यवसायिक क्लबको रुपमा रहेको रेड हर्षले खेल पर्यटन र खेलकुदको विकास गर्ने उदेश्य सहित प्रतियोगिता आयोजना गरिएको योल्मुले बताउनु भयो ।प्रतियोगितामा विभागीय टिमसहित विभिन्न क्लबहरुले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा संकटा, त्रिभुवन आर्मी, चर्च ब्वाइइज युनाइटेड, न्युरोड टिम एनआरटी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी बताउनु भयो । यस पटक नेपालकै उत्कृष्ट क्लबहरु इलाम आउने खड्गीले बताउनु भयो । खेल पर्यटनप्रवद्धन गर्नुका साथै खेलकुदमा लाग्ने खेलाडीहरुले खेल कौशलबाट सिक्न सक्ने उहाँको भनाई छ । इलामले आयोजना मात्र नभई यहाँको खेलाडीलाई व्यवसायिक बन्न पनि सघाउन पुग्ने खड्गीले बताउनु भयो ।


    प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई ११ हजार रुपैयाँले पुरस्कृत गरिने जनाइएको छ । यान अफ द म्याचलाई ७ हजार पाँचसय रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ८३ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको अध्यक्ष योल्मुले बताउनु भएको छ । गत वर्षभन्दा यस वर्ष पुरस्कार दोब्बर बनाएको उहाँको भनाई छ ।
    २०९० सालदेखि सुरु भएको इलामको फुटवल अहिले पनि सुधार हुन नसकेकोले चउर विनाको मैदान र अस्थाई प्याराफिटमा प्रतियोगिता संचालन गर्न बाध्य भएको आयोजक बताउछन । प्रतियोगिता मंसिर २२ देखि सुरु भएर २९ गतेसम्म सञ्चालन हुनेछ ।



    निगरानी संवाददाता    
  • २०८१ मंसिर १८, मंगलवार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP