माईभ्याली गोल्डकप :झापा ११ र एमएफसी दार्जिलिङ भिड्दै ।

माईभ्याली गोल्डकप :झापा ११  र एमएफसी दार्जिलिङ भिड्दै ।

इलाममा जारी माईभ्याली गोल्डकपमा शनिबार देखि क्वाटरफाइनल खेल सुरु हुदैछ । पहिलो क्वाटरफइनलमा आज झापा ११ र एमएफसी दार्जिलिङ बीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ बजे पछि इलाम स्थित ठुलो टुडिखेलमा हुनेछ । झापा ११ ले माइभ्याली गोल्डकपको दोस्रो तथा तेस्रो संस्करणमा उपाधि उचालेको थियो ।
शुक्रबार भएको खेलमा आयोजक माइभ्यालीले पाहुना टोली ग्यान्टोक सिटि फुटबल क्लब सिक्किमलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरिसकेको छ ।
माईभ्याली गोल्डकपको विजेताले नगद ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन । फाइनल खेल फागुण २४ गते हुनेछ ।