logo
  • २०८३ भाद्र १८, बिहीबार | Thu, 03 Sep 2026
  • तीन बर्षिय छोराको जीवनरक्षाको याचना गर्दै बाबु

    • निगरानी
    • २०७९ आश्विन १२, बुधबार १६:११ गते
    तीन बर्षिय छोराको जीवनरक्षाको याचना गर्दै बाबु

    माइजोगमाई । इलामको माईजोगमाई गाउँपालिका ४ नाम्सालिङका विनोद नेपालले गम्भिर अस्वस्थ तीन बर्षिय छोराको उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।

    तीन बर्षिय बालक विजय नेपालले खेल्ने क्रममा कृषिबालिमा प्रयोग हुने बुलेट बिषादी भेटाएर सेवन गरेका थिए । उनको तीन दिन देखि अचेत अवस्थामा बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । विनोदले सार्वजनिक रुपमा आर्थिक सहयोगको आव्हान गर्दै भनेका छन् ‘आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र विजय बचाउन धेरै आर्थिक चाहिने भएको हुनाले सम्पूर्ण देश विदेशमा रहनु भएका महानुभावहरुलाई यथाशक्ति सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ उनले दाताहरुलाई विनोद नेपालको नाममा सिभिल बैकमा रहेको खाता नम्बर ०६३१०६३७७०५०१७ मा सहयोग जम्मा गरिदिन आव्हान गरेका हुन् ।



    निगरानी    
  • २०७९ आश्विन १२, बुधबार १६:११ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP