logo
  • २०८३ जेष्ठ १६, शनिबार | Sat, 30 May 2026
  • लागु औषध सहित इलामका दुई युवा पक्राउ

    • निगरानी
    • २०८१ फाल्गुन २६, सोमबार ०९:३० गते
    लागु औषध सहित इलामका दुई युवा पक्राउ


    इलाम फागुन २६ :लागु औषध जस्तो देखिने खैरो पदार्थ सहित इलाममा दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ का रोशन लिम्बु र लिलाबहादुर लिम्बु रहेका छन् ।
    मेची राजमार्गकामा पर्ने इलाम नगरपालिका–९ सेरामा झापा बाट इलाम तर्फ आउदै गरेको मे. १ च. ४५२५ नम्बरको पिकअप गाडीमा प्रहरीले चेकजाच गर्ने क्रममा सो वस्तु फेला परेको हो । गाडीको डिकीमा लुकाइ राखिएको अवस्थामा ३८० मिलिग्राम लागुऔषध जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक संजिव बोगटीले जानकारी दिनु भएको छ ।
    पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।



    निगरानी    
  • २०८१ फाल्गुन २६, सोमबार ०९:३० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP