logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • ‘याद आउँछ बेसरी’वोलको लोक तथा दोहोरी गीत सार्वजनिक

    ‘याद आउँछ बेसरी’वोलको लोक तथा दोहोरी गीत सार्वजनिक

    काठमाडौं । पछिल्लो समय नेपाली लोक संगीतले निकै फड्को मारेको छ । वास्तवमा नेपालीको गीत संगीत नै लोक गीत हो । आजको दिनसम्म लोक संगीतमा कुनै पनि पुर्णविराम लागेको छैन ।लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक संगीत सार्वजनिक हुने क्रम जारी नै छ । करोड क्लवलाई लक्षित गर्दै दिनहुँ लोक संगीतहरु आईरहेका छन् ।

    त्यसै क्रममा ‘याद आउँछ बेसरी’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । ‘याद आउँछ बेसरी’ गीतलाई कौडा किङको उपाधि पाएका गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेका छन् ।गीतको शब्दलाई गणेश गुरुङले लेखेका हुन् भने संगीत गायिका माया गुरुङले भरेकी हुन् । गीतलाई संगीत संयोजनमा अब्बल कृष्ण बिकले संगीत संयोजन गरेका छन् ।

    मारुनी डिजिटलमा रेकर्डिङ गरिएको ‘याद आउँछ बेसरी’ गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् । पछिल्लो समय निकै ब्यस्त बन्दै आएका युवा निर्देशक मौसम हिमालीको निर्देनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ ।

    गीतमा कुनै समय नृत्य क्षेत्रमा एकछत्र राज गर्न सफल र पछिल्लो समय अमेरीकाबाट पर्किएका मोडल तथा कोरियोग्राफ बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ र साथीहरुको नृत्य तथा अभिनय रहेको छ ।यस गीतको म्युजिक भिडियोलाई प्रकाश खड्को छाँयाकन गरेका हुन् भने कलर तथा सम्पादन मनेज कार्कीले गरेका हुन् ।



    निगरानी    
  • २०७६ आश्विन ११, शनिबार १०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP