logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • चलचित्र ‘छ माया छपक्कै’को आक्रामक ओपनिङ

    चलचित्र ‘छ माया छपक्कै’को आक्रामक ओपनिङ

    काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टीमले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ले आक्रामक ओपनिङ गरेको छ।

    शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दुई दिनमा देशभरबाट ३ करोड ४५ लाख माथिको ब्यापार गरेको निर्माण टीमले जनाएको छ। निर्माता रोहित अधिकारीले शनिबारको ब्यापारलाई रेकर्ड तोड ब्यापार भनेका छन्। उनका अनुसार चलचित्रले शनिबार मात्रै १ करोड ९० लाख माथिको ब्यापार गरेको छ। यो अहिलेसम्म नेपाली चलचित्रले एक दिनमा गरेको सर्वाधिक ब्यापार हो।

    चलचित्र हेर्न काठमाडौं र मोफसलका हलमा दर्शकको बाक्लो चाप रहेको निर्माण टीमले जनाएको छ।दीपेन्द्र लामा निर्देशित चलचित्रमा निर्देशक लामाकै कथा तथा दीपकराजको पटकथा छ। चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय छ।

    आमा सरस्वती मुभिज, ‘रोहित अधिकारी फिल्मस्, र र्आइएमईको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्माता रोहित अधिकारी हुन्।पानीको समस्यालाई राजनीतिसंग जोडेर तयार गरिएको चलचित्रलाई दर्शकले राम्रो भनेका छन्। त्यस्तै यसपटक समीक्षकले पनि चलचित्रलाई राम्रो भनेका छन्। जसका कारण ‘छ माया छपक्कै’ले लामो समयसम्म ब्यापार गर्ने देखिएको छ।



    निगरानी    
  • २०७६ आश्विन २६, आईतवार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP