इलाम । पत्रकार एवम लेखक बसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘महाभारा’ उनको गृह जिल्ला इलाममा बिमोचन गरिएको छ । पूर्वी पहाडको भूगोल, संस्कृति, परिवेश लगायतको पेरिफेरीका कथालाई आधार वनाएर लेखिएको उपन्यास सदरमुकाममा मंगलवार नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सावर्जनिक गर्नु भयो ।
नेम्वाङले यस क्षेत्रको संस्कृति, परिवेश, राजनीति, समाज, धर्म लगायतका विषयलाई गम्भिरतापूर्वक उठाएको वताउदै धर्ममा राजनीति घुस्न नहुने वताए । साहित्यकार नवराज पराजुली, सीमा आभास, प्रकाश थाम्सुहाङ, रिदम कँडेल, फाइन प्रिन्टका प्रकाशक अजित बराल लगायत उपस्थित कार्यक्रममा थाम्सुहाङले महाभाराले नेपाली साहित्यको आयममा थप इटा थपेको वताउनु भयो ।
युद्धको समयमा हुर्केको प्रेम कथालाई कलात्मक प्रस्तुती दिएको वस्नेतको यो दोस्रो पुस्तक हो । प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः मुख्य पात्र ‘डुक्पा’ को कथा हो । वस्नेतले २०७५ मा ‘७२ को बिस्मय’ प्रकाशीत गर्नु भएको थियो ।
इलाममा जन्मिएर राजधानीमा व्यवसायिक पत्रकारिता गर्दै आएका वस्नेतले पुस्तकको महत्व प्रश्ट्याउदै भने, ‘माओवादी द्वन्द विद्रोही र समाज अनि राज्य र समाजबीचको पनि लडाई थियो ।’ ‘महाभारा’ मधुर पूर्वेली लवज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण भएको धेरै पाठकको बुझाई थियो । कार्यक्रममा रिदम कडेलले वस्नेतद्वारा नै लिखित गीत सुनाए भने नवराज पराजुलीले ‘पर्खाइ’ शिर्षकको कविता सुनाएका थिए ।
प्रतिक्रिया