चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेकी नायिका तारा सुतरिया अब चलचित्र ‘एक भिलेन’मा काम गर्ने तयारीमा छिन् । मोहित सुरीले निर्देशन गर्न लागेको यो चलचित्रका लागि तारा उत्साहित छिन् । तर, यो चलचित्रमा ताराको अभिनय मात्र रहने छैन ।
भारतीय मिडियाका अनुसार, यो चलचित्रमा ताराले गीत पनि गाउनेछिन् । तारा राम्रो गायिका पनि हुन् । ताराले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘यो चलचित्रमा मलाई गीत गाउने मौका मिलेको छ । यो कुराले मलाई उत्साहित बनाएको छ ।’
ताराले विश्वभर फैलिएको कोरोना भाइरसको बिषयमा भनिन्–‘म यो क्षेत्रमा नयाँ छु । मलाई यो बिषयमा धेरै कुराको जानकारी छैन । तर, मलाई लाग्छ कि हाम्रो चलचित्र क्षेत्र निकै नै बलियो छ । यसले हामीलाई ठूलो असर पर्छ भन्ने मलाई लाग्दैन ।’
चलचित्र ‘एक भिलेन २’ मा ताराको साथमा जोन अव्राहम, आदित्य रोय कपुर , दिशा पटानी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो एक तेलुगु चलचित्रको रिमेक हो । अनलाइन खबरबाट
प्रतिक्रिया