logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • फोनिजद्वारा इलामका जवेगु र झापाकी सिवाकोटी पुरस्कृत

    फोनिजद्वारा इलामका जवेगु र झापाकी सिवाकोटी पुरस्कृत

    इलाम  नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) इलाम शाखाले इलामका अग्रज पत्रकार सटेन्द्र जबेगुलाई पुरस्कृत गरेको छ ।
    उक्त ‘आदिबासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ को नगद राशी दश हजार रुपैयाँ रहेको छ ।
    पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका जबेगुलाई आज फोनिजको ३३ औं स्थापना दिवसको अवसर पारेर इलाममा पत्रकार जबेगुलाई पुरस्कार प्रदान गरिएको हो ।
    सम्मानित पत्रकार जबेगुले संस्थाको आर्थिक कोष वृद्धिका लागि नगद राशी संस्थाकै अध्यक्ष राम योङहाङलाई हस्तान्तरण गरेका छन् ।
    सो अवसरमा पत्रकार ख्याम भुजेल, कुमार गुरुङ, अशोक लिम्बु र सुमन लावती समेत सम्मानित भएका छन् । भुजेल हाल सूर्योदय नगरपालिकाका प्रवक्ता समेत हुन् ।
    त्यस्तै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृस्ठ पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गरेको छ ।
    २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् ।
    पुरस्कारको राशी नगद २५ हजार रुपैंयासहित ताम्रपत्र रहेको छ ।
    त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णुकुल श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत भएका छन । सो पुरस्कारको राशी जनही ५ हजारसहित प्रसंशा पत्र रहेको छ ।
    २०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृस्ठ पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।



    निगरानी संवाददाता    
  • २०७९ श्रावण २७, शुक्रबार १५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP