logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • इलाममा २०७ औ भानु जयन्ती मनाइयो

    इलाममा २०७ औ भानु जयन्ती मनाइयो

    इलाम ,असार २९
    आदिकवि भानुभक्त आर्चायको २०७ औ जन्मजयन्तीको सोमबार विभिन्न कार्यक्रम गरी इलाममा पनि मनाइएको छ । नेपाली भाषा र साहित्यमा ठुलो गुण लगाएका भानुभक्तको सम्झनामा इलाम नगरपालिका अन्तर्गतको साहित्य कला तथा संगीत प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाएको प्रतिष्ठानकी सदस्य सृजना श्रेष्ठले बताउनु भयो । इलामको ठुलो टुडिखेल प्रवेशद्धार अगाडि रहेको भानुको शालिकमा माल्र्यापन गरिएको छ भने औपचारिक कार्यक्रम अरनिको सांस्कृतिक संग्रालय परिसरमा संचालन भएको थियो ।
    कार्यक्रममा इलामका विभिन्न साहित्यकर्मीहरुले भानुभक्तलाई स्मरण गदै रचना बाचन गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता र प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको थियो । भानु जयन्तीको अवसरमा इलामको दरबारले परिचित पहिले जिल्ला प्रशासन कार्यलय रहेको भवनमा बनाइएको अरनिको सांस्कृतिक संग्रालय परिसरमा स्थापना गरिएको संस्कृति झल्काउने दुई वटा प्रतिमाको अनावरण गरिएको छ ।
    वि. स १८७१ असार २९ गते तनहुँको चँुदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि. स. १९२५ असोजमा भएको थियो । भानु जयन्तीको अवसरमा देशका विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भए । भारतको दाजिलिङ , सिक्किम लयायतका नेपाली भाषी रहेका स्थानमा भानुजयन्ती धुमधामले मनाउने चलन छ ।



    Avatar निगरानी    
  • २०७७ असार २९, सोमबार १६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP