logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • चलचित्र मखमली मखमली को स्याड गीतको भिडियो सार्वजनिक

    चलचित्र मखमली मखमली को स्याड गीतको भिडियो सार्वजनिक

    काठमाडौं । चलचित्र मखमली मखमली को स्याड गीतको भिडियो सार्वजनिक भएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको पछिल्लो उक्त चलचित्रमा समावेस बिर्सन सजिलो भएन बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

    राजु गिरी प्रोडक्सनको व्यानरमा सावित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मखमलीमा समावेस आज सार्वजनिक भएको गीत राजेन्द्र थापाले लेखेका हुन् भने बसन्त सापकोटाको संगीतमा इतु जोजिजुले गाएकी छिन् । मार्मिक शब्द, संगीत र स्वरको त्रिवेणीमा भिडियो पनि अत्यन्त मर्मस्पर्शी बनाईएको छ । गीतको भिडियोमा नायक जयक किशन बस्नेत र नायिका शुभेच्छा थापाको दमदार अभिनय देख्न सकिन्छ । आफ्ना हरेक चलचित्रमा गीत संगीतको पाटोलाई बलियो बनाउँन खप्पिस राजु गिरी यस चलचित्रमा पनि चुकेका छैनन् । यस अघि बिन्दास २ मा समाबेस सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे भन्दा पनि चलचित्र मखमली मखमलीमा समावेस बिर्सन सजिलो भएन ले आम श्रोता दर्शकको मन जित्न सक्ने अनुमान गर्न सकिन्छ ।

    जय किशन बस्नेत र शुभेच्छा थापाको साथमा सबिन बाँस्तोला, सारदा गिरी (काली बुढी), सावित्रा चिलुवाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यसै गरी बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य, अशोक खड्काको द्वन्द, रामेश्वर हुमागाईंको छायाँकन रहेको छ । चलचित्रको देशब्यापी प्रदर्शन यही आउँदो मंसिर १३ गतेदेखि हुदैछ ।

    भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

    https://youtu.be/XVWPSzZf-ZI



    निगरानी    
  • २०७६ आश्विन ३, शुक्रबार १७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP