logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • श्री कृष्ण प्रणामी मंगल मन्दिरको रजत जयन्तीको अवसरमा महोत्सव र धार्मिक मेला

    श्री कृष्ण प्रणामी मंगल मन्दिरको रजत जयन्तीको अवसरमा महोत्सव र धार्मिक मेला


    इलाम :श्री कृष्ण प्रणामी मंगल मन्दिरको २५ औ वार्षिकोत्सव (रजत जयन्ती ) को अवसरमा महोत्सव र धार्मिक मेला आयोजना हुने भएको छ । सुर्योदय नगरपालिका ३ मेहेलबोटे स्थित श्री कृष्ण प्रणामी मंगल मन्दिर स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा धर्मिक पर्यटन प्रवद्धनमा टेवा पु¥याउने उदेश्यले धार्मिक मेलाको आयोजना गरिएको आयोजक समितिका अध्याक्ष गोविन्द प्रसाद तिम्सिनाले बताउनु भयो । रजत जयन्तीको अवसरमा यही माघ २२ गतेदेखि २८ गतेसम्म हुन लागेको धार्मिक मेला सम्पन्न हुने भएको छ । धार्मिक मेलामा देश विदेश बाट साधुसन्त विद्धान, विदुषी , धर्मगुरु , धर्मअनुरागी भक्तजनको आगमन सँगै धार्मिक पर्यटनमा टेवा पुग्ने आयोजकले जनाएको छ ।


    रजत महोत्सव तथा धर्मिक मेलाको प्रचार प्रसारको लागि श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला समिति इलामले सोमबार प्रदेश स्तरीय युवा भेला तथा गाडी मोटरसाइकल ¥याली आयोजना गरेको थियो । कार्यक्रमलाई सफतलापुर्वक सम्पन्न गर्न युवा परिषदले सकृय रुपमा लागीरहेको परिषद इलाममा जिल्ला अध्यक्ष शेखर भट्टराईले बताउनुभयो ।

    कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषद केन्द्रिय उपाध्यक्ष टंक ओझा परिषदका निवर्तमान केन्दिय उपाध्यक्ष ताथ विपत व्यवस्थापन संयोजक यज्ञ ढकाल , केन्द्रिय सल्लाकार कृष्ण प्रसाद सुवेदी ,परिषदका प्रदेश १ अध्यक्ष अनिल ढुंगाना , परिषद झापा जिल्ला अध्यक्ष टहलदास ओलि , वाइजुराज इलाम जिल्ला अध्यक्ष तारा मिश्र घिमिरे लगायत श्री कृष्ण प्रणामी धर्मावलम्वीको उपस्थिती रहेको थियो । श्री कृष्ण प्रणामी युवा परिषदका प्रदेश १ ले श्री कृष्ण प्रणामी मंगल मन्दिरलाई व्लयान्केट हस्तानतरण गर्नु भएको थियो ।


    रजत जयन्तीको अवसरमा यही माघ २२ गतेदेखि २८ गतेसम्म प्रणामी धर्मको मुल ग्रन्थ तारतमवाणीको २५ पाठ पारायण , चर्चा , श्रीमद भागवत कृष्ण कथाको संगीतमय कथा वाचन , भजनकीर्तन संचालन गरिने आयोजक समितिले जनाएको छ । मंगलदासजी महाराजको चेला समेत रहनुभएका श्री १०८ कृष्णदासजी महाराजले मंगलदासजीको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । समाजसेवा ,मानवसेवा , शिक्षा ,स्वास्थ्य क्षेत्रमा मंगलदासजीको महत्वपुर्ण योगदान रहेको छ । जातीय वर्गीय विभेद गर्नु हुदैन भन्ने भावका साथ समाज परिर्वतनको लागि मार्गदर्शकको रुपममा रहेको प्रणामी सम्प्रदायमा आबद्धहरु बताउछन ।


    सुर्योदय नगरपालिका ३ मेहेलबोटे स्थित श्री कृष्ण प्रणामी मंगल मन्दिरले जिल्लाको अन्य पर्यटकीय क्षेत्र सँग साथै भारतको पश्चिम बंगालको धेरै स्थानलाई जोडन सकिने जनाइएको छ । धार्मिक आस्थाको केन्द« बन्दै गएको यस मन्दिर धार्मिक पर्यटनको रुपमा विकास गर्न पुर्वाधार विकासमा पनि स्थानीयले चासो राख्दै आएका छन । मेची राजमार्गको फिक्कल – पशुपनिनगरको रुङसुङ चोक बाट ५ किलो मिटर ग्राभेल सडक मार्फत मन्दिर पुग्न सकिन्छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ माघ १९, बिहीबार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP