तीजको अवसरमा  इलामका श्रमिक महिलालाई कपडा बितरण ,सामाजिक कार्यमा सक्रिय महिला सम्मानित

तीजको अवसरमा  इलामका श्रमिक महिलालाई कपडा बितरण ,सामाजिक कार्यमा सक्रिय महिला सम्मानित


इलाम : हरितालिका तीजको अवसरमा इलाममा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ ।  हरित नगर महिला समुह द्वारा इलाम चोक बजारमा मंगलवार आयोजित तीज विषेश कार्यक्रम सम्मान , कपडा बितरण लगायत विविध सास्कृतिक संचालन गरेको जनाएको छ ।
इलाम नगरपालिका क्षेत्रमा रहेका  ४० जना श्रमिक महिलालाई साडी चोलो र सिन्दुरलगायत श्रृङ्गारको  सामाग्री बितरण गरेको छ । नगरपालिका क्षेत्रमा विभिन्न श्रम गर्ने महिलाहरुलाई यसअघि शुक्रबार  समूहले सामूहिक दरसमेत खुवाएको थियो ।  कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने चन्दा कार्की, सुमित्रा घिमिरे र सुनिता वस्नेतलाई सम्मान गरिएको समुहले जनाएको छ ।  समुहले सामाजिक दायित्वसमेत ग्रहण गरेर श्रमिकहरुकालागि कपडा सहयोग गरेको समुहकी अध्यक्ष रिना घिमिरेले बताउनु भयो  ।
तीजको  धार्मिक र सांस्कृतिक पाटोलाई भन्दा पनि हुनेखाने र हुदा खाने बिचको खाडल देखिदै गएकोले श्रमिक दिदिबहिनीहरुलाई पनि समेट्दै पर्व मनाउन समुहले प्रयास गरेको बताउनु भयो । समूहले नगर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।कार्यक्रममा  विविध सांगितक, सांस्कृतिक गतिविधि संचालन भएको थियो  । इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना, इलाम नगरपालिका ४ का वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलाल, वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले शुभकामना मन्त्ब्य राखेका थिए ।