logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • इलामका २२ स्थानमा २ सय ७४ जना क्षमताको क्वारेन्टाइन निर्माण

    इलामका २२ स्थानमा २ सय ७४ जना क्षमताको क्वारेन्टाइन निर्माण

    इलाम जिल्लाका २२ स्थानमा २ सय ७४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरीएको छ । जिल्लाका दशवटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरीएको हो । बिश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न जिल्लाका दशवटै स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरेको छ । कोरोना भाइरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि इलामका स्थानयि सरकारले उच्च सतर्कता अपनाइरहेका छन् । यसैगरी जिल्लामा बिदेशबाट इलाम आएका ब्यक्तिहरुको पनि सुची संकलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

    यसैबीच स्थानिय सरकारले जिल्लामा न्युनतम ३ वेड देखी १५ बेडसम्मको क्वारेन्टाइन स्थापना गरेका छन् । इलामनगरपालिका र सूर्योदय नगरपालिकाको एक÷एक स्थानमा १५÷१५ शैयाको क्वारेन्टाइन निर्माण भएको छ । देउमाई नगरपालिकाको एक स्थानमा १० जना क्षमताको क्वारेन्टाइन तयार भएको छ । माईनगरपालिको ६ स्थानमा ४ जना क्षमताको तयार भइसकेको र बाँकी केही हुने क्रममा रहेको छ । यस्तै सन्दकपुर गाउँपालिकाको ६ स्थानमा ५० जना क्षमताको क्वारेन्टाइन निर्माण भइसकेको छ । माईजोगमाई गाउँपालिकाको २ स्थानमा १३ जना क्षमताको तयार भइसकेको छ भने रोङ गाउँपालिकाको ३ स्थानमा १ सय ५० जना क्षमताको क्वारेन्टाइन तयार भइसकेको जिल्ला प्रशासन कार्यालयले तयार पारेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी चुलाचुली गाउँपालिकाको एक स्थानमा ७ जना क्षमताको तयार भइसकेको छ भने माङसेबुङ्ग गाउँपालिकाको १ स्थानमा १० जना मानिस अट्ने गरीको क्वारेन्टाइन तयार भइसकेको छ । उता फाकफोकथुम गाउँपालिकाले भने एक स्थानमा २० जना क्षमताको क्वारेन्टाइन निर्माण गर्ने जनाएको छ ।

    २ सय ७४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरीएको इलाममा हालसम्म ८८ जना क्वारेन्टाइनमा बसेका छन् । उनीहरु सबैजना भारतबाट आएका नेपालीहरु रहेका छन् । जसमा इलामनगरपालिका स्थित सिङफ्रिङ्ग अस्पतालमा बनाइएको क्वारेन्टाइनमा ६ जना र रोङ गाउँपालिकामा तयार पारीएको क्वारेन्टाइनमा ८२ जना रहेका छन् । यसैगरी बिगत एकहप्ता अघिदेखि बिहीबारसम्म बिदेशबाट इलाममा १ सय ४० जना भित्रीएको तथ्याङ्क प्रशासनले सार्वजनिक गरेको छ । उनीहरुको पहिचान गरी तत्काल सेल्फ क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलाइसकेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँले बताउनुभयो ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र १४, शुक्रबार ११:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP