logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • कोरोना बिरुद्ध लड्न प्रदेश १ तयार

    कोरोना बिरुद्ध लड्न प्रदेश १ तयार

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस कोभिड १९ विरुद्ध लड्न पूर्ण तयारी गरेको बताएका छन्

    शुक्रबारदेखि सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोनाविरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरी अगाडि बढेको बताए ।
    विश्वमा माहामारीका रूपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशका बासिन्दालाई बचाउने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए । प्रदेश सरकारले विज्ञ चिकित्सकहरूको टोली गठन गरी विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक–फरक खालका स्वास्थ्य, सुरक्षाका सामग्रीको र त्यसको आपूर्तिका लागि अध्ययन गरिरहेको बताए । यस्तै क्वारेन्टाइनमा रहेकाहरूको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उनले जानकारी दिए ।



    निगरानी    
  • २०७६ चैत्र २१, शुक्रबार १६:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP