क्वारेन्टाइनमा बसेकालाई खाद्यय सामाग्री

क्वारेन्टाइनमा बसेकालाई खाद्यय सामाग्री

कोरोना भाइरसको रोकथाममा यतिखेर बिश्व लागि रहेको छ । चीनबाट सुरु भएको यो भाइरस यतिखेर बिश्वकै टाउको दुखाई बनेको छ । यस भाइरसबाट बिश्वमा हजारौं मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस संक्रमित छन् । यसबाट नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म चारजनामा कोरोना भाइरस रहेको पुष्टि भइसकेको छ । जसमा एकजना उपचार पछि घर फर्किएका छन् भने तीनजनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

यस्तै बिशेष गरेर बिदेशबाट फर्किएका सयौं मानिसलाई सरकारले बनाएको क्वारेन्टाइनमा राखिएको छ भने केही मानिसहरु होम क्वारेन्टाइनमा छ । क्वारेन्टाईनमा बसेकाका लागि सरकार नै ब्यबस्थापन गर्दै आएको छ । सोही क्रममा इलामको रोङ गाउँपालिकामा तयार गरीएको क्वारेन्टाइनमा ८२ जना रहेका छन् । उनीहरुलाई जिल्लाका बिभिन्न क्षेत्रबाट खाद्यय सामाग्रीहरु उपलब्ध गराउने काम सुरु भएको छ । सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका लागि सहारा नेपाल साकोस र सहारा नेपाल कर्मचारी परीवारको तर्फबाट खाद्यय सामाग्री रोङ्ग गाउँपालिकालाई उपलब्ध गराएको छ । संस्थाले चामल, च्यूरा, दाल, तेल, भूजिया, नुन, मसला लगायतका सामाग्री उपलब्ध गराएको संस्थाका काशिनाथ नेपालले जानकारी दिनुभयो ।