logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • झलनाथ खनाललाई आफ्नै ‘गाली’ गल्पासो

    झलनाथ खनाललाई आफ्नै ‘गाली’ गल्पासो


    इलाम : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र १ बाट प्रतिनिधि सभामा सातौंपटक प्रतिस्पर्धा गर्दैछन् । आफ्नो सानो समूहको माझमा नेपाली कांग्रेसको ७५ प्रतिशतले जित्नु पर्ने खनालका लागि स्थानीय निर्वाचन पछि कांग्रेसका कार्यकर्तालाई गरेको ‘गाली’ गल्पासो जस्तै बनेको छ ।
    स्थानीय तह निर्वाचन पछि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाका कांंग्रेस कार्यकर्ताले गठबन्धनलाई धोका दिएको भन्दै एक टेलिभिजनमा अन्तरवार्ता दिएका थिए । खनलाको त्यो आक्रोस अहिले सामाजिक सञ्जालभरी फैलिएको छ । खनालले अन्तरवार्ता दिँदै ‘कांग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको’ बताएका थिए । उनले कांग्रेस कार्यकर्ताले एमालेलाई जिताएको लान्छना समेत लगाएका थिए ।
    आफ्नो क्षेत्रको सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, माइ नगरपालिका र सूर्योदय नगरपालिकामा सत्ता गठबन्धनका तीन दल कांग्रेस, नेकपा (एकिकृत समाजवादी) र माओवादी केन्द्रका कार्यकर्ताको संयुक्त भेलामा पनि कांग्रेस कार्यकर्ताले झलनाथको अभिव्यक्ति प्रति आक्रोस व्यक्त गरेका थिए ।
    माइजोगमाई गाउँपालिका १ का नेपाली कांग्रेसका वडा सभापति चित्र थामीले खनाललाई अघि राखेर भने ‘तपाईको आरोपले मन दुखेको छ, चित्त बुझ्ने जवाफ दिनुस् ।’
    चुनावी अभियानमा जानु अघि आफ्नु अभिव्यक्तिलाई ‘परिस्थतीजन्य अभिव्यक्त’ भन्दै फुत्कीएका खनाल अहिले भने आफ्नु भनाई ‘फिर्ता लिए’ भन्न थालेका छन् ।
    भाषणमा केहि राजनीतिक र केहि विकास निर्माणका सूची सूनाएपछि खनाल भन्छन् ‘मेरो कुराले तपाईहरुको मन दुखेको भए फिर्ता लिन्छु ।’
    इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन् । यस पटक कांग्रेसको मत पाएनन् भने खनलाको निरन्तरता भत्कने खतरा छ । त्यसैले खनाललाई जसरी पनि कांग्रेस मतदाता फकाएर मत खसाल्नु पर्ने बाध्यता छ ।
    ३१ बर्ष कांग्रेससंग प्रतिस्प्रर्धा गरेका खनाललाई धेरै काग्रेसी नेता कार्यकर्ता मनपराउँदैनन् । त्यसैले चुनावी अभियानमा खुलेर लाग्ने काग्रेसका केहि जिल्ला स्तरका कार्यकर्ता बाहेक अरु छैनन् । ती कार्यकर्तालाई पनि खनालले आफनै टिममा राखेर ‘खुशी’ बनाएर हिडाएका छन् ।
    यस अघि खनाललाई काँधमा बोक्ने नेकपा (एमाले) चाँही खनालसँग प्रतिस्पर्धी छन् । कुनै बेलाका खनालका विश्वास पात्र, इलाम नगरपालिकाका पुर्व मेयर महेश बस्नेतसंग खनालको प्रतिस्प्रर्धा हुने देखिन्छ ।
    ३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर खनाललाई भोट हाल्न नचाहनेका लागि बैकल्पीक ठाउँ दिएको भन्दै चुनावी मैदानमा स्वतन्त्र उम्मेद्धारका रुपमा आएका कांग्रेसका पुराना नेता विक्रम पाण्डेको उपस्थितीले समेत खनाललाई सकस बनाएको छ । गाउँगाउँ र साप्ताहिक हाट बजारमा पुगिरहेका पाण्डेले कांग्रेस जोगाउन आफुलाई माछा चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन् ।
    खनाललाई इलाम क्षेत्र नम्बर १ ले २०४८ र २०५१ साल विजयी गरायो, ०५६ सालको निर्वाचनमा पराजित बनेपनि ०६४ र ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल इलाम १ बाट पुनः विजयी बने ।
    इलाम क्षेत्र १ बाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको पनि उम्मेदवारी छ । अन्नपुर्णबाट



    निगरानी    
  • २०७९ कार्तिक १२, शनिबार ०२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP