logo
  • २०८३ जेष्ठ २१, बिहीबार | Thu, 04 Jun 2026
  • जिससको नयाँ भवनमा आइसोलेसन वार्ड बनाइने

    जिससको नयाँ भवनमा आइसोलेसन वार्ड बनाइने

    इलाम, चैत १७ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा इलामले उच्च सतर्कता अपनाउँदै आएको छ । बिश्वमा माहामारीको रुपमा फैलिएको यस रोगको रोकथामका लागि इलाममा पनि आइसोलेसन वार्ड निर्माण गर्ने बिषयमा छलफल भएको छ ।

    जिल्ला समन्वय समिति इलामले सोमबार सदरमुकाममा गरेको सर्बदलिय तथा सर्वपक्षिय बैठकमा आइसोलेसन वार्ड निर्माण गर्न इलाम नगरपालिकालाई अनुरोध गर्ने भएको छ । जसमा जिल्ला समन्वय समितिको निर्माणधिन नयाँ भवनलाई आइसोलेसन वार्डको रुपमा बनाउने छलफल भएको छ । त्यसका लागि युनिटि लाइफले बिगतमा प्रयोग गरेका सामानहरुलाई प्रयोगमा ल्याउने र पछि फिर्ता गर्ने शर्तमा छलफल भएको जिसस इलामका प्रमुख गणेश बरालले जानकारी दिनुभयो । यस्तै बैठकले स्थानीय तहहरुलाई खाद्यान्न भण्डारण गर्न तथा आपतकालिन अवस्थामा समानुपातिक ढंगले राहात बितरण गर्न दिने, बिदेशबाट आएका मानिसको घरमा छर छिमेकि लगायतले नराम्रो ब्यबहार देखाउन थालेको सुन्न आएकोले त्यस्तो ब्यबहार कहि कतैबाट नगर्न आग्रह समेत बैठकले सबै नागरीलाई गरेको छ । यस्तै बिदेशबाट आउनेहरु अझै पनि कहिँकतै गाउँमा घुमफिर गरीरहेको हुँदा त्यस्ता ब्यक्तिहरु सुरक्षित रुपमा होम क्वारेन्टाइनमा सुरक्षित र अनुशासित रुपमा बस्न आग्रह गरेको छ । यस्तै बिभिन्न प्रयोजनमा भन्दै सवारी पास लिनेको सङख्या बढेकाले त्यसलाई रोक्न पनि बैठकबाट आग्रह गरीएको छ ।

    जिल्लामा खाद्यान्न लगायतका आपूर्ती सहज बनाउन सबै पक्ष लाग्नुपर्ने लगायतका बिषयमा निर्णय भएको प्रमु्ख बरालले जानकारी दिनुभयो । भुमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा जिल्लाका बिभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, इलामनगरपालिकाका मेयर, वडाध्यक्ष, उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकार, इलाम अस्पतालका डाक्टर, लगायतको सहभागिता रहेको थियो । बैठकले लकडाउनलाई अझै कडाइका सार्थ कार्यन्वयन गर्न सबै तहलाई आग्रह गर्ने, कृषकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको बिक्रि बितरणका लागि उचित ब्यबस्थापन मिलाउने तथा उद्योग बाणिज्य संघको समन्वयमा खाद्यय बस्तुको लागत संकलन लिने जस्ता बिषयमा पनि निर्णय भएको छ ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र १७, सोमबार १३:१४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP