logo
  • २०८१ कार्तिक २८ | Wed, 13 Nov 2024
  • मजदुरीका लागि काभ्रे गएका ३० जना इलामेको आधाबाटोबाट उद्दार

    मजदुरीका लागि काभ्रे गएका ३० जना इलामेको आधाबाटोबाट उद्दार

    बैशाख १०, इलाम । मजदुरीका लागि काभ्रेपलाञ्चोक गएका इलामका ३० जनाको उद्धार गरीएको छ । कोरोना भाइरसको महामारीको समयमा नेपाल सहित बिश्व नै आक्रान्त भएको अवस्थामा नेपालमा लकडाउन थपिदै गएपछि मजदुरीका लागि काभ्रेपलाञ्चोक गएका ३० जना हिँडेरै इलामतर्फ आएका थिए ।

    सो क्रममा जिल्लाको माई नगरपालिकाले इलाम आएका उनीहरुको आधा बाटोबाट उद्धार गरेर घरसम्म ल्याएको छ । उनीहरु तीन दिन लगाएर इलाम आइपुगेका हुन् । यसरी उद्धार गरिएकोमा माई नगरपालिकाका २८ जना, इलामनगरपालिका र सन्दकपुर गाउँपालिकाका एक÷एक जना रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय इलाम र सुनसरीको समन्वय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा माई नगरपालिकाले कोशी ब्यारेजबाट गाडीमा ल्याएको हो ।

    कोशी ब्यारेजबाट झापाको दुर्गापुर सम्म टिपर त्यहाँबाट बसमा माई नगरपालिकाको क्वारेन्टाईन सम्म मंगलबार राती ल्याई पुरयाएको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज दिलबहादुर दनुवारले जानकारी दिनुभयो ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ बैशाख १०, बुधबार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP