बैशाख ११, इलाम । नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । आज थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिनुभयो ।
यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो । त्यसैगरी आज ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ५८ वर्षीय पुरुष र ५१ वर्षीया महिला डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ ।
प्रतिक्रिया