logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • सूर्योदयमा ‘सम्झाउने अभियान’

    सूर्योदयमा ‘सम्झाउने अभियान’

    इलामः सरकार कहिले भ्रष्टचारका काण्डमा, कहिले राजनीतिक दाउपेचमा अलमलिन थाले पनि इलामका नागरिक अगुवाहरु भने कहिले नागरिक त केहिले सरकारलाई कोरोना विरुद्ध लड्ने राणनीतिका बारेमा सुझाव दिन व्यस्त छन् ।
    इलामको सूर्योदय नगरपालिकाका अगुवाहरुले साप्तिाहिक रुपमा नागरिक साचोको सृङ्खला प्रकाशन गरेर सरोकारवालालाई सम्झाईरहेको छ । नागरिक चासो नाम दिएको अभियानमा नीति नीतिनिमार्ण चासो राख्ने देखि कलाकार सम्म रहेका छन् । प्राध्यापक, शिक्षक, जातीय सस्थाका अगुवाहरु, महिला अगुवाहरु रहेको अभियानले समाज र सरकारलाई सम्झाउने प्रयास गरिरहेको छ । ‘समज र सरकारलाई सहयोग गर्ने प्रयास शुरु गरेका हौ ।’ अभियानका सदस्य रमेश राईले बताए
    अभियानले अहिले सम्ममा पाँचवटा चासो पत्र सार्वजनिक गरिसकेको राईले जानकारी दिए । अभियानले किसानहरुलाई खाद्यान्न वाली लगाउन, कृषि कर्म गर्दा सरकारको मापदण्ड पालन गर्न, भण्डारण गर्न मिल्ने खेती गर्न आव्हान गरेको छ । अभियानले खाना कम खाने बानीको विकास गर्न, तरकारी बढि खान र जाँड रक्सी बनाएर अन्न खेर नफाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । अभियानले चिया, कफि, अदुवा लगायतका बालिमा रमाएका कृषकहरुलाई आउने खाद्य संकटसंग लड्न अन्न बाली लगाउन पो्रत्साहन गर्न सरकार र सरोकारवालालाई आव्हान गरेको छ ।
    अभियानले कोराना भाइरसको संक्रमणबाट बच्न सिमानामा स्वयंसेवक परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् । सिमानावाट नागरिक लुकिछिपि आउने क्रम रहेको भन्ने गुनासो आइरहेको समयमा अभियानले स्वयंसेवक राख्न सुझाव दिएको हो । अभियानले सरकारले मापदण्ड बनाएर शुरक्षा निकायसंगको समन्वयमा स्वयंसेवक परिचालन गर्न सुझाव दिएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ बैशाख १२, शुक्रबार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP