इलामःनेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले संघको इलाम जिल्ला अध्यक्षमा भगवती कोईराला(मञ्जु)लाई मनोनित गरेको छ ।
कोइराला विद्यार्थी जीवन देखिनै नेपाली कांग्रेसको भातृसंगठनमा सकृय छन् । महेन्द्र मोरङ क्याम्पस अध्यान गर्दा देखि नै विद्यार्थी राजनीतिमा नेतृत्वदायी भुमिकामा रहेकी कोईराला सामाजिक र राजनीतिक क्षेत्रमा उत्तिकै सकृय छन् । संघले ताप्लेजुङ्गमा गिता चौहान, झापामा टिका मैनाली सिटौला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनित गरिएको जनाएको छ ।